कलैया, १० भदौँ– नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा उपचार गराइरहेका बाराका दुई जना कोरोना संक्रमिको मंगलबार मृत्यु भएको छ ।

बाराको सूवर्ण गाउँपालिका ५ औरैया गाउँका ७२ वर्षीय र महागढीमाई नगरपालिका–४ दहियार गाउँका ५९ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिनुभयो ।

सोमबार कोरोना अस्पतालमा भर्ना भएका ७२ वर्षीय पुरुषको मंगलबार बिहान ८ बजे मृत्यु भएको हो । मृतकमा ज्वरो, निमोनिया र उच्च रक्तचाप देखिएको थियो । महागढीमाईका ५९ वर्षीय पुरुष भदौ ४ मा कोरोना अस्पतालमा भर्ना भएका थिए । उनको बिहान साढे ९ बजे मृत्यु भएको थियो । उनमा पनि ज्वरो र निमोनियाको संक्रमण देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here