निजगढ, ३१ साउन- निजगढ—काठमाडौं सेवा समाजले निजगढका ३ जना मृगौला पिडित बिरामीलाई शनिबार १ लाख ९० हजार ४ सय ७० रुपैया सहयोग गरेको छ ।

सेवा समाजका अध्यक्ष समिर पोखरेलले काठमाण्डौंमा आयोजित कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर– ९ का वर्ष २५ का रजत खडका, वडा नम्बर– ११ की १९ वर्षिया सुमिना मोक्तान र वडा नम्बर–. ४ का ५३ वर्षका कृष्ण प्रसाद तिमल्सिनाका आफन्तलाई जनही ६३ हजार ४ सय ९० रुपैयाका दरले सो रकम हस्तान्तरण गर्नुभएको हो । मृगौला प्रत्यारोपण र डायलाईसिस क्रममा ३ नै जना हाल काठमाडौमा छन ।

काठमाडौंस्थित थापा गा“उमा रहेको समाजको कार्यालयमा एक कार्यक्रमबीच रकम हस्तान्तरण गरिएको आर्थिक संकलन समितिका संयोजक प्रदिप पन्तले जानकारी दिनुभयो ।

मानवीय सेवामा समर्पित भइ आगामी दिनमासमेत दीनदुःखी र असाहयहरुको लागि सहयोग जारी राखिने सेवा समाजका सदस्य विनोद भारतीले बताउनुभयो । रकम हस्तान्तरण कार्यक्रमको सहजीकरण समाजका सदस्य रामकुमार लामाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here