निजगढ, २३ साउन–बाराको अमलेखगंजमा मृत अवस्थामा फेला परेका निजगढ नगरपालिका वडा नम्बर ८ का ३४ वर्षिय लालध्वज लामा ‘सानू’ का आफन्तले हत्याराहरुलाई तत्काल सार्वजनिक गर्न पिरवारका सदस्य र स्थानीयले माग गरेका छन । निजी निवासमा पत्रकारसहित हिजाे अायाेजना गरिएको स्थानीयहरुको भेलामा मृतकका दाजु आसमान लामाले प्रहरीले सानुको नियाे जित हत्या भगरिएकाे भन्दै कार्यमा प्रहरीलाई स्थानीयले पनि सहयोग गर्नु पर्ने बताउनुभयो ।

 

निजगढ ८ स्थित निवासमा सयौं सर्वसाधारण उपस्थित भेलामा मृतक लालध्वजका दाजु आसमानले एक महिना बितिसक्दा पनि प्रहरीले हत्यारा पहिचान गर्न नसकेको भन्दै गुनासो गर्नुभएको थियो । ‘घटनाको बारेमा धेरै कुरा खुलिसकेको छ, उहाँले भन्नुभयो, तर पनि अपराधि सार्वजनिक गरिएको छैन ।’ उहाँले निष्पक्ष अनुसन्धान गरियोस । राजनितिक दवाव र आर्थिक कारणले प्रहरीको अनुसन्धान प्रभावित नहोस पनि भन्नु्भयो । उहाँले अनुसन्धान कार्यमा प्रहरीलाई सहयोग पुग्ने गरी स्थानीय सबैले भुमिका खेल्दिन पनि अनुरोध गर्नुभएको थियो ।
भेलामा स्थानीय राजनितिक दलका प्रतिनिधि, मृतकका आफन्त, छिमेकी, सर्वसाधरण र संचारकर्मीहरुसमेत गरी सयौंको उपस्थिति रहेको थियो । भेलामा बोल्दै नेकपा प्रदेश नम्बर २ प्रदेश कमिटी सदस्य रविराज दङ्गाल, सोही पार्टीका निजगढ नगर अध्यक्ष दिलबहादुर लामा, नेपाली काग्रेशका पेमासिद्धि लामा, सोनु लामा, राप्रपा निजगढ अध्यक्ष खडकप्रसाद उप्रेती, निजगढ नगरपालिका वडा नम्बर ८ का वडच अध्यक्ष टेबबहादुर लामा र वडा नम्बर १३ का अध्यक्ष एंव नेपाल तामाङ्ग घेदुङ्ग बारा जिल्ल्ला अध्यक्ष सुर्य घलानले पनि हत्यारालाई जतिसक्दा चाडो कानुनको दयारामा ल्याउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

भेलामा मृतककी आमा बसुन घिसिङ्ग, श्रीमति बिनु लामा र छोरी विद्युषिको पनि उपस्थिति रहेको थियो । उहाँहरुले अपराधिहरु पत्ता नलाग्दासम्म आफनो मनले शान्ति पाउन नसक्ने बताउनुभयो । ७० बर्षिय वृद्ध आमा बसुनले अपराधिलाई चाडोभन्दा चाडो कठघरमा उभ्याउनुपर्ने बताउनुभयो ।

अमलेखगंजस्थित ससुराली घरमा किराना पसल चलाएर बस्दै आएका लालध्वजको गत असार २१ पसल नजिकै दुधौरा खोला पारीको जंगलमा धारिलो हतियारले काटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । प्रतक्षदर्शीका अनुसार उनको दुबै हात, खुट्टा गिडिएको र लिङ्गसमेत काटिएको छ ।

शवको अवस्था हेर्दा पेट र गर्धनमासमेत हारिलो हतियार प्रयोग भएको दाजु आसमानले जानकारी दिनुभयो । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले निजगढ नगरपालिकाका ८ र ९ बाट ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र केहीदिनभित्र सत्य तथ्य बाहिर आउने बताउनुभएको छ ।

हत्यामा संलग्नको पहिचानमा ढिलाई भएको भन्दै निजगगढका स्थानीयले पनि चिन्ता व्यक्त गर्दै आएका छन । भेलाका सहभागी सबैले हत्यारा तत्काल पत्ता लगाउने र दोषिमाथि कडा भन्दा कडा कारवाहीको प्रहरीसंग माग गरिएको व्यहोराको पत्रमा हस्ताक्षरसमेत गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here