निजगढ, १६ साउन– मेची–महाकाली संयुक्त बुहारीआवाज निजगढले बिहिबार पथलैयास्थित बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई खाद्यान्न सहयोग तथा सम्मान गरेको छ ।

बुहारी संयुक्त आवाजमा आबद्ध महिला सदस्यहरुले आश्रममा पुगेर त्यहा बस्दै आएका १३ जना बृद्धबृद्धाहरुलाई चामल, दाल, मसला, बिस्कुट, फलफुल, चिनी चियापत्तिलगायतका खाद्यान्न र मास्क, गम्छा, चप्पललगायतका सामग्रीहरु पनि वितरण गरेको आवाजकी सचिव उषा मोक्तानले जानकारी दिनुभयो । सो अवसरमा बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई खादा र गम्छा ओडाएर सम्मान पनि गरिएको थियो ।

बुहारीआवाजको पहलमा निजगढ नगरपालिका वडा नं– ८ का वडा अध्यक्ष टेकबहादुर लामा, स्थानीय व्यवसायीहरु दिपेन्द्र श्रेष्ठ , धर्मेन्द्र साह, निजगढ शहिद चोकस्थित दीपक वस्त्रालय र नेपाल फेन्सीको सहयोगमा उपलव्ध सामग्री आश्रमका बृद्धबृद्धाहरुलाई प्रदान गरिएको आवाजकी सचिव मोक्तानले बताउनुभयो ।

गत श्रावण २ गते गठन भएको मेची–काली संयुक्त बुहारीआवाज निजगढले पछिल्लो पहिलो पटक सामाजिक कार्य गरेर आफ्नो सकृयता देखाएको हो ।

आवाजको निजगढ कार्यसमिति अध्यक्षमा साबित्री बराल तिमल्सिना, उपाध्यक्षमा सगुन लामा, सचिवमा उषा मोक्तान, सहसचिवमा गंगामाया श्रेष्ठ, कोषाध्यक्षमा दीपा धनाहा मगर, सदस्यहरुमा धनी भण्डारी, शान्ति लामा, अनिता पाण्डे र चन्द्रिका पुलामि मगर रहनुभएको छ । त्यस्तै वरिष्ट सल्लाहाकारमा निजगढ नगरपालिका उपप्रमुख लिलादेवि लामिछाने र सल्लाहाकारमा स्थानीय समाजसेवी सुभद्रा नेपाल रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here