नेपालमा कोरोना महामारीविरुद्धको लडाइँमा समाहित हुन सरकारले शुरू गरेको लकडाउन वा बन्दाबन्दीको प्रभावकारिता देखिएन । लकडाउनको अवधि थपिएसँगै संक्रमित पनि थपिने अवस्था डरलाग्दो किसिमले बढेको छ । लकडाउनका बेला संक्रमितको संख्या घट्दै जानुपर्नेमा उल्टै झन्–झन् बढ्दै गएको छ ।यसबाट पनि लकडाउनको अवधिलाई कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रणका लागि उच्चतम सदुपयोग गर्न नसकेको प्रमाणित हुन्छ । तर, सरकार आवश्यक समीक्षाका लागि तयार देखिँदैन, एकोहोरोरूपमा लकडाउनको अवधि बढाउने मात्र कार्य गर्छ ।
परिणामतः आम मानिसलाई अब रोगले भन्दा भोकले सताउन थालेको छ ।कोरोना संक्रमणको जोखिमअनुसार लकडाउनको अहिलेको ढाँचा बदल्नुपर्ने छलफल चैत मसान्तदेखि चल्दै आएको थियो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्यहरू र स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा पनि लकडाउनको स्वरूपलाई बदल्दै जानुपर्ने बताउँदै आएको छ । समितिले यसबारे सिफारिस गरेपनि मन्त्रिपरिषद्ले यसलाई कार्यान्वयन आवश्यक नठानेर होला, लकडाउनको अवधि मात्र थप्दै आएको छ ।
यस्तै तरिकाले लकडाउनको अवधि लम्बिने हो भने, भोकमरी बढ्दै जाने कुरो व्यवस्थापिका संसद्देखि विज्ञहरूले चेतावनी दिँदै आएका छन् । लकडाउनले गर्दा दैनिक ज्यालादारी गर्ने मात्र नभई मध्यवर्गीय मानिसको पनि दैनिकी क्रमशः कष्टकर बन्दै गइसकेको छ ।भोक, रोगले आफ्नो जीविका मुस्किल हुँदै गएपछि शुरूको महिनामा लकडाउनको पालना गरेका नागरिक पनि आफ्नो नजरमा लकडाउनको महत्व नभएको धारणा बनाउन बेर छैन । यसले गर्दा सरकारले लकडाउनको औचित्य शिद्ध नगरी लकडाउनको अवधिमात्र थपिरहनु कुनै पनि हिसाबले युक्तिसंगत ठह¥याउँन सक्दैन । लकडाउनले कोरोना महामारीको उपचार कदापि होइन ।त्यसैले अब लकडाउनको बिकल्प खोज्न आवश्यक छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here