सिमरा– बाराको जीतपुर—सिमरा उमपहानगरपालिका २२ अमलेखगञ्जमा शनिबार वीरेदमार र चकरीमा होमस्टेको ब्यवस्थापकिय सामाग्री हस्तान्तरण तथा वितरण कार्यक्रम सम्पन्नभएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. २ का सभासद सुन्दर विश्वकर्माले अमलेखगञ्ज पर्यापर्यटनका सम्भावनायुक्त रहेको बताउदै आफुले यस क्षेत्रको विकासकालागि प्रदेश सभामा निरन्तर आवाज उठाउदै आई रहेको बताउनुभयो ।

पर्यटकिय क्षेत्रको विकासमा निम्न आय भएका स्थानीयहरुको भूमिका पनि महत्वपूर्ण हुने बताउदै होमस्टे सञ्चालनमा स्थानीयहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सामाग्री हस्तान्तरण गरिएको प्रदेश सभा सदस्य विकले बताउनुभयो । कार्यक्रममा प्रदेश नं. २ का सभासद सीता गुरुङ्गले ऐतिहासक महत्व बोकेको अमलेखगञ्जको प्रचार प्रसार गर्न सके बर्षिक हजारौ पर्यटक भित्याउन सकिने बताउनुभयो । उहाले होमस्टे सञ्चालन गर्दा ठुला तारे होटलको परिकारको स्वाद भन्दा पनि स्थानीय मौलिक खाना, परिकारको स्वाद दिन सञ्चालकहरुसंग आग्रह गर्नुभयो ।

कार्यक्रमका अर्का विशिष्ठ अतिथि एंव डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले अमलेखगञ्ज र सिम्रौनगढमा होमस्टे सञ्चालनको सम्भावना रहेको बताउनुभयो ।

डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमदले प्रदेश नं. २ उद्योग, पर्यटक, वन तथा वातावरण मन्त्रालय प्रदेश वन निर्देशनालयबाट प्राप्त २५ लाखबाट अमलेखगञ्जको वीरेदमारमा ५, चकरीमा ५ र सिम्रौनगढमा ७ होमस्टे सञ्चालनकालागि पलङ्ग, डसना, डोरमेट, वासवेसिनलगायतका आवश्यक सामाग्री हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सिमरा उमपहानगरपालिका २२ का वडा अध्यक्ष मनिक लाल थिङ्ग, वीरेदमार पर्यटन, प्रर्वधन समितिका सल्लाहकार टंकबहादुर स्याङ्गबोले अमलेखगंजको पर्यटकीय विकासकोलागि ध्यानाकर्षण गराउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here