नरेश गुप्ता

बरियारपुर – बाराको सिमरौनगढ स्थित रहेको कंकाली माध्यमिक  बिधालयमा बनाईएको  क्वारेन्टाइनमा  बुधबार थप ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

 

 

कंकाली माध्यमिक  बिधालयमा  बनाईएको क्वारेन्टाइनमा सिमरौनगढ निवासी  बर्ष १२ को एक जना पुरुष , नपा २ निवासी बर्ष ४० नपा ५ निवासी बर्ष २७, ३५ नपा ६ निवासी बर्ष २३ ,२७ ,३८  नपा ७ निवासी  बर्ष १९ को एक पुरुष  सहित ८ जनाको स्वाब संकलनको पि सि आर   रिपोर्ट  पोजेटिभ  आएको बाराको प्रमुख  जिल्ला  अधिकारी  रुद्र प्रसाद पंण्डितले बताउनु भयो ।

 

 

 

 

यो संगै बारामा कोरोना संक्रमितको संख्या  ७९ जना पुगेको छ  ,त्यसमध्ये   ४६ जनाले कोरोना जितेर घर फर्की सकेको बाराको प्रहरी  प्रवक्ता  गौतम मिश्रले बताउनु भयो । बारामा कंकाली माध्यमिक  बिधालयमा बुधबार  थप ८ जनामा कोरोना पोजेटिभ  थप्पे संगै आईसोलेसनमा  ३० जना पुरुष  र ३ जना महिलाको उपचार भैइरहेको प्रहरी  प्रवक्ता  मिश्रले जानकारी  दिनु भयो ।

 

 

 

 

नेपाल सरकारले लक डाउनको स्वरुप बारामा खुकुलो भएसंगै कोरोना संक्रमणको खतरा उतिकै जोखिम  रहेको छ ।  बाराको विभिन्न  स्थानीय तहमा बनाईएको क्वारेन्टाइनमा  ५ सय १३ जनालाई राखी निगरानी  बढाईएको छ तर भिटियमको अभावको कारण उनिहरुको स्वाब संकलनमा ढिलो भएको जिल्ला  जनस्वास्थ्य कार्यलय बाराको कीट तथा खोप अधिकृत  शंकर गुप्ताले बताए ।

 

 

 

 

 

नेपाल सरकारले लगाएको लक डाउनको समय अवधी समाप्त  भैइसकेको तर मन्त्री परिषद बाट लक डाउनको स्वरुप बढाउने वा क्षेत्रको हिसाबले  खुकुलो गर्ने समबन्धमा निर्णय नभएको कारण बारामा लक डाउनको अवस्था  खुकुलो बन्दै गएको छ । बाराको सदरमुकाम   कलैया , बितिय संस्था  र ग्रामीण क्षेत्रको प्रमुख  ब्यापारीक केन्द्रमा  समाजिक दुरि कायम गरि बजारमा भएको भिडभाडको ब्यवस्थापन गर्नु अत्यन्त  जरुरी   रहेको  देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here