चैत ६ गतेबाट संचालन गर्ने भनिएको एसइइ परीक्षा अन्तिम समयमा आएर रोकिएको हो । नेपालमा एसइइको परीक्षा समेत बिद्यार्थीहरुले दिन पाएका छैनन् । कोरोनाका कहरका कारण बिद्यार्थीहरु मात्रै होइन हरेक क्षेत्र तहसनहस भएको छ । माध्यामिक तहका अन्य परीक्षाहरु सम्पन्न भएपनि यो परीक्षा बाँकी नै रहेको छ यद्यपी परीक्षा कुन समयमा कस्तो अवस्थामा संचालन गर्ने भन्ने अन्यौलता अझै कायम नै छ । यसै बेलामा शिक्षा मंत्रालयले असार १ गतेबाट शैक्षिक संस्थाहरु खोल्न सकिने कुरा गरेको भनिएको छ ।

 

 

 

 

 

नेपालमा दिनदिनै कोरोनका संक्रमतिहरु बढिरहेका छन् । हरेक दिन अपडेट हुने संक्रमितहरुको संख्याले नेपालका हरेक भूभाग कुनै न कुनै हिसावले उच्च जोखिममा रहेको कुरा स्पष्ट पारेको छ । यस्तो अवस्थामा तत्काल बिद्यालय खोल्नका लागि हतार गर्न हुन्न । बिद्यालय संचालन नहुदा बिद्यार्थीहरुको दैनिकी भद्रगोल भएको छ यो सत्य कुरा हो यद्यपी बिद्यालय संचालनका लागि हतार गर्ने बेला भएको छैन ।

 

 

 

 

 

अझै पनि कम्तीमा दुई महिना बिद्यालय संचालन हुने संभावन कम देखिन्छ । बरु अब बिद्यालय संचालन भएपछि कम्तीमा सार्वजनक बदिा कटौत ीगर्न अवश्यक छ । दशैं तिहार जस्ता बिदाहरु कटौती गरेर भएपनि ती समयमा बिद्यालय संचालन गर्नु पर्दछ अहिले हतार गरेर बिद्यार्थीहरुलाई जोखिममा पार्नु हुन्न । त्यसैले अहिले बिद्यालय संचालनका लागि हतार नगरेकै राम्रो हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here