हेटौंडा –  बागमती प्रदेशका जिल्लार्मा यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमणको २५ हजार ५ सय ४३ जानमा परीक्षण गरिएको छ । बागमती प्रदेशका १३ वटै जिल्लामा गरेर यतीका धेरै जनाको आरडीटी टेष्ट गरिएको हो ।

 

 

 

 

प्रदेशका १३ वटै जिल्लार्मा यापिड टेष्ट गर्दा ४ सय ८४ जनामा पोजेटिभ देखिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिनुभयो । यापिड टेष्टको कामलाई अरु प्रदेशमा जस्तै बागमती प्रदेशमा पनि तिव्रता दिइएको छ । मकवानपुरका दश वटै स्थानीय तहमा गरेर एक हजार ३ सय २९ जनार्को यापिड टेष्ट गरिएको छ । उनीहरु मध्य १५ जनाको पोजेटीभ देखिए पनि पीसीआरबाट भने नेगेटीभ रिपोर्ट प्राप्त भएको सामाजिक विकास मन्धालयलय जनाएको छ ।

 

 

 

 

अरु एक हजार ३ सय १४ जनाको आरडीटी रिपोर्ट नेगेटीभ आएको छ । यापिड टेष्ट हेटौंडामा सवैभन्दा धेरै र गाउँपालिका स्तरमा पनि गरिदै आएको छ । विशेषगरी कोरोनाको संका लागेकाहरुमा र विदेशबाट फर्किएकाहरुलाई लक्षित गरेर्र यापिड टेष्ट गरिएको हो ।

 

 

 

यापिड टेष्ट काठमाण्डौमा ९ हजार ४ सय ५ जना, भक्तपुरमा १ हजार ६ सय ८१ जना, ललितपुरमा २ हजार ४ सय १० जना, रसुवामा ४ सय ७२ जना, नुवाकोटमा १ हजार ६ सय ७५ जना, धादिङमा १ हजार ९ सय १८ जना, चितवनमा १ हजार २ सय २२ जना, सिंधुलीमा १ हजार २ सय ४३ जना, रामेछापमा ८ सय ८१ जना, दोलखामा ६ सय ६ जना, काभ्रेमा एक हजार ७ सय ७७ जना, सिन्धुपाल्चोकमा एक हजार ८४ जनार्मा यापिड टेष्ट गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here