कृपा संवाददाता
बिरगंज –  हक्स पावर नेपालले उत्पादन गर्दै आएका फलामे सुधारिएको चुलो वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रले पर्साको पटेर्वा सुगौली गाउँपालिकालाई वितरण गरेका छन् । सोमबार एक कार्यक्रम बिच हक्स पावर नेपालका प्रबन्ध निर्देशक  मनोज गुप्ताले गाउँपालिकाका अध्यक्ष हरि नारायण चौधरी , उपाध्यक्ष ममता महतो तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्र प्रसाद यादव लगायतको रोहबरमा तीन सय थान फलामे सुधारिएको चुलो वितरण गरेको छन् ।

पटेर्वा सुगौली गाउँपालिकाले वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रसँग सुधारिएको चुलो माग गरेका थिए । वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रले तीन सय सुधारिएको चुलो वितरण गर्न स्वीकृत गरे पछि हक्स पावर नेपालले वितरण गरेको गाउँपालिकाका अध्यक्ष चौधरीले जानकारी दिए ।

बिरगज महानगरपालिका वडा नम्बर २१ मा  संचालन हुँदै आएका बारे   उद्योगका प्रबन्ध निर्देशक गुप्ताले जनाए ।

उद्योगले उत्पादन गरेको चुल्हो दाउरा, गुइँठा र पिलेट बाल्न सकिने तथा सुकेको जुनसुकै बायोमास प्रयोग गरेर खाना पकाउन, आगो ताप्न र सेकुवा आदि पकाउन सकिने उद्योगका प्रबन्ध निर्देशक गुप्ताले सुनाए  ।

उद्योगबाट उत्पादित चुलोले वन मन्त्रालयबाट जलबायु परिवर्तन व्यवस्थापन पुरस्कार, वर्ल्ड कन्फेडेरेशन अफ बिजनेश हस्टन टेक्सास अमेरिकाबाट बिजनेश एक्सीलेन्स सर्टि्फिकेट २०१८, द हाउस अफ पार्लियामेन्ट लन्डनबाट ग्रिन एप्पल अवार्ड २०१९ प्राप्त गरेको गुप्ताले बताए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here