नरेश गुप्ता
बरियारपुर –  माप दण्ड बिपरित नदि जन्य पदार्थ  उत्खन्न  गर्ने  सवारीसाधनलाई बारामा कार्वाही  गरिएको  छ । जितपुर सिमरा उपमहानगरपालिका स्थित रहेको पसाहा , बालगंङ्गा , दुधौरा नदिबाट  माप दण्ड बिपरित  नदि जन्य पदार्थ  उत्खन्न  गर्ने ८ वटा  विभिन्न  सवारीसाधनलाई  कार्वाही  गरिएको बाराको प्रमुख  जिल्ला  अधिकारी रुद्र प्रसाद पंण्डितले जानकारी  दिए ।
जिल्ला  समन्वय  समिती बारा , जिल्ला  प्रशासन  कार्यालय बाराको पहलमा  बाराको  पसहा , बालगंङ्गा , दुधौरा नदिको अनुगमन  गर्ने क्रममा  मापदण्ड  बिपरित  नदि जन्य पदार्थ  उत्खन्न  गर्ने सवारीसाधनको सांचो खोसी कार्वाही  गरिएको सशस्त्र प्रहरी  उपरीक्षक  दिग बिजय सुबेदिले बताए । बाराको प्रमुख  जिल्ला  अधिकारी  रुद्र प्रसाद पंण्डित , जिल्ला  समन्वय  समिति बाराको संयोजक  नवलकिशोर सिंह ,सशस्त्र  प्रहरी  उपरीक्षक  दिग बिजय सुवेदी लगायतको सहभागिता  रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here