राजन कुमार बानिया

पोखरिया – पर्सा जिल्लाको धोबिनी गाउँपालिकामा रहेको महिला सहयात्रा लघुवित्त वित्तिय संस्था शाखा कार्यालय लंगडीले मंगलबार एक कार्यक्रम बिच धोबिनी गाउँपालिका र छिपहरामाई गाउँपालिकामा रहेको क्वारेन्टाइनमा तीस हजार बराबरको राहत स्वरुप चामल ,दाल ,आलु ,खाने तेल ,नुन समेत बितरण गरेका छन् ।

 

 

 

धोबिनीमा गाउँपालिकामा रहेको महिला सहयात्रा लघुवित वितिय संस्था शाखा कार्यालय लंगडीका शाखा प्रबन्धक असलोक गिरीले धोबिनी गाउँपालिका अधयक्ष सुरेश प्रसाद कुर्मी र छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्तालाई ५ बोरा चामल , दाल ५ किलो , आलु २५ .किलो , नुन २५ किलो , खाने तेल १ टीनाको दरले हस्तान्तरण गरेका छन् ।

 

 

कार्यक्रममा लकडाउनको मध्यनजर गरि तीन फिटको दुरी कायम गरि राहत हस्तान्तरण गर्दै शाखाका प्रबन्धक गिरीले भने संस्थाले दिएको राहतबाट धोबिनी गाउँपालिकाको वडा नं ४ मा रहेको श्री कालिप्रसाद लाखे माध्यमिक बिधालय लंगडी र छिपहरमाई गाउँपालिका वडा नं ५ मा रहेको श्री मंगल उच्च माध्यमिक बिधालय भिस्वामा रहेको क्वरेन्टाईनमा रहेकोलाई सहयाेग पुग्ने बताए ।

 

 

 

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट रोकथामको लागि सरकारले गरेको लकडाउनको पालना गर्नु र घर भित्र बस्न, बाहिर जादा माक्स लगाउने , ३ फिटको दुरी बनाउन, साबुन पानीले हाथधुने आग्रह समेत गर्दै जनचेतना समेत शाखाका प्रबन्धक गिरीले दिएका छन् । लकडाउनको समयमा भारत र खाडिमुलुकबाट आउनेहरुलाई पहिचान गरि सुरक्षित क्वारेन्टाइनमा बस्न आग्रह समेत गरेका छन् । राहत बितरण कार्यक्रममा महिला सहयात्रा वितिय संस्थाका रितु ब्लोन , हरी महतो कमकर लगाएतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here