राजन कुमार बानिया

पोखरिया – काेराेेना भाइरस (काेभिड़ १९) संक्रमणबाट प्रभावित भई बिरगंज स्थित नारायणी अस्पताल र सिद्धार्थ स्कूलको आइसोलेशनमा रहेको व्यक्तिहरूको एक गैर सरकारी संस्थाले खाद्य सामग्री सहयाेग गरेकाे छ ।

 

 

वीरगंजकाे आइसाेलेसनमा रहेका ९० जानालाई १० दिन सम्म पुग्ने ग़री इम्युनिटीपॉवर बढ़ाउने विभिन्न खाद्य सामग्री सहयाेग गरिएकाे सामाजिक अभियान्ता प्रकाश थारुले जानकारी दिए । भोर नामक गैर सरकारी संस्थाको आर्थिक सहयोग र सामाजिक अभियन्ता थारुको समन्वयमा अस्पताल मैं पुगी सामग्री सहयाेग गरिएकाे हाे ।

 

 

 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायलाई प्रति व्यक्ति पाउने च्यवनप्राश ५०० ग्राम २ थान, चनाको सातु २ किलो, कागती निम्बू ३ पीस, ड्राई फ्रूड २५० ग्राम (काजू, किसमिस, छोकड़ा, पिस्टा, बादाम), त्रिफलाचूर्ण ५० ग्राम, अश्वगंधाचूर्ण ५० ग्राम, अमृत चिया सहयाेग गरिएकाे थारुले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here