राजन कुमार बानिया

पोखरिया – पर्साको पाेखरिया नगरपालिकाकाे कार्यालयमा बुधबार दिउसाे आगलागी हुदा लाखौको क्षती भएको छ ।पोखरिया नगरपालिकाको ईन्भटरको तार सर्वट सर्किट भई पडकेर आगलगी भएको थियो । नगरपालिका कार्यालयकाे पहिलो तल्लामा रहेकाे सभा हलमा राखिएको ईन्भभटर र बिधुत तार सवर्ट सर्किट भई आगलागी भएकाे प्रहरीले जनाएकाे छ ।

 

आगलागीले सभा हलकाे एसी एक थान, ईन्भटर, एक थान, बैट्री ९ थान, तल ओछाएका कार्पेट र ढाेका, झ्याल जलेकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे । दिउसाे १२ बजे बैट्री पड्केर अचानक भएकाे आगलागी करिब एक घण्टा पछि पाेखरिया नगरपालिकाकाे दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे सहयाेगमा नियन्त्रणमा आएकाे पोखरिया नगरपालिका का मेयर दिपनारायण राैनियारले जनाएका छन् । आगलागीबाट करिब १० लाख बराबरकाे क्षति भएकाे प्रहरी निरिक्षक सिंहले वताउनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here