राजन कुमार बानिया

पोखरिया – नेपाल सरकारले जारी गरेको लकडाउन पर्साको लंगडी, पोखरियामा म‌ंगलबारदेखि निकै सशक्त बनेको छ । नेपाल सरकार, गृह मन्त्रालयको निर्देशनमा यसरी सवारीसाधन र यात्रुलाई आवागमनमा निकै निगरानी गरिएको छ । निगरानी गर्न इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंह र इलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरिक्षक बसन्त थापाको टाेलीले आफै सडकमा खटी ड्युटीमा कडाई गरेका छन ।लंगडी, पोखरिया क्षेत्रमा लक डाउन झनै कडा बन्दै गएको भन्न सकिन्छ ।

 

 

 

दैनिक अत्यावश्यक खाद्य प्रयोजनका ढुवानीका मालबाहक गाडीहरु सवारी अनुमतिपत्रको पास भएकालाई मात्रै जान दिइएको र पास नभएका सवारीसाधनहरुलाई रोकेर केही समयपश्चात् अब उप्रान्त पास बनाएर मात्र गाडी चलाउन सम्बन्धित सवारीसाधन चालकलाई निर्देशन गरिएको थियो । बिना पास चलेका मोटरसाइकल गाडीलाई नियंत्रणमा लिएर निर्देशन दिइएको र उप्रान्त भेटिएमा जुर्माना काटने इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक सिंहले जानकारी दिनुभएको छ ।

 

 

लकडाउन को पालना गराउन प्रहरीहरुले गाउँ घरमा बिषेश निगरानी गरेका छन।गाउँ घरमा रहेको किराना पसल हरु ७ बजे देखि ९ बजे सम्म खोलन निर्देशन दिएका छन । यदी ९ बजे पछी पसल हरु खुलेमा पसले वाला हरु लाई कार्वाही गरिने जनाए का छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here