अहिले कोरोना भाइरस महाव्याधिका कारण विश्वव्यापी आर्थिक संकट लम्बिँदोछ। यसको असरबाट विश्वका कुनै मुलुक अछुतो छैनन्। कोरोना भाइरसको संक्रमण कम रहेका मुलुकमा पनि आपूर्ति समस्या परेको छ। दैनिक उपभोग्य र अत्यावश्यक बाहेकका अन्य वस्तुको मागमा गिरावट आएको छ। व्यापारमा कमीले औद्योगिक कच्चा वस्तु नपाएर उद्योगहरू आपूर्ति कटौती र बन्द गर्नुपर्ने अवस्थामा छन्। विप्रेषणमा गिरावट आएको छ। बहुआयामिक र बहुतहको समस्या अर्थतन्त्रमा देखापरेको छ। फागुनसम्म ठीकठाक चलिरहेको हाम्रो अर्थतन्त्रमा पनि चैत महिनाको दोस्रो सातादेखि सुरु भएको लकडाउनका कारण ठूलो गिरावट आउने सरकारको अनुमान छ।

 

 

 

फागुनसम्म सरकारले लक्षित ८.५ प्रतिशतको आर्थिक वृद्घिमा सामान्य गिरावट आउने अनुमान गरेको थियो। संक्रमण फैलने खतरा टार्न दुई महिना बन्दाबन्दी हुने अनुमानका आधारमा सरकारले आर्थिक वृद्घिदरको अनुमान घटाएर २.२७ प्रतिशत प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७१–७२ को अन्त्यतिर वैशाख महिनामा विनाशकारी भूकम्प जाँदा समेत त्यस वर्ष नेपालले झन्डै ३ प्रतिशतको आर्थिक वृद्घिदर हासिल गरेको थियो ।

 

 

 

 

लगत्तौको वर्ष भारतीय नाकाबन्दीका कारण व्यापार अवरुद्घ भई मुलुकभित्र मागपक्ष कमजोर हुँदा वृद्घिदर ०.२ प्रतिशत रह्यो। नाकाबन्दीको वर्षलाई अपवाद मान्ने हो भने यस आर्थिक वर्षमा अनुमान गरिएको आर्थिक वृद्घि २०६२÷६३ को राजनीतिक परिवर्तनयताकै कमजोर हो।कोरोना भाइरसको महामारी चीनबाट विस्तार भई युरोपमा फैलिएको र विश्वव्यापी हुने संकेत देखापरिरहेको अवस्थामा समेत हाम्रो सरकारले पर्यटनबाहेक अन्य क्षेत्रमा ठूलो असर नपर्ने टिप्पणी गरिरहेको थियो।

 

 

 

तर, यथार्थमा यसको गहिरो असर देखिएको छ। यसमा सरकारको अनुमान क्षमता कमजोर छ। कुल गार्हस्थ उत्पादनमा योगदान कम भए पनि ठूलो रोजगारी सिर्जना गरिरहेको र विदेशी मुद्रा आर्जन गर्ने रणनीतिक दृष्टिले महत्तवपूर्ण पर्यटन क्षेत्रमा ठूलो गिरावट आउने निश्चितप्रायः छ। केन्द्रीय तथ्यांक विभागको अनुमानअनुसार, अन्य क्षेत्र पनि जेठदेखि पूर्ववत् अवस्थामा पुनः खुला भएमा झिनो वृद्घि हासिल हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here