नरेश गुप्ता
बरियारपुर – अबैध  हातहतियार  सहित बारागढी गाउँपालिका ३ सिपुरा बाट प्रहरीले  एक जनालाई पक्राउ  गरेको छ । ईलाका  प्रहरी  कार्यलय बारा बाट खटेको प्रहरीको टोलिले  बारागढी गाउपालिका ३ सिपुरा स्थित सडकखणडमा शंकास्पद अवस्थामा हिडडुल गरिरहेको सोही ठाउँ बस्ने बर्ष ३५ को मनोज राय नेटुवालाई पक्राउ  गरिएको बाराको प्रहरी  प्रवक्ता  गौतम  मिश्रले बताउनु भयो ।
पक्राउ  परेको नेटुवाको शरीर  प्रहरीले  खानतलासी  गर्दा निजले आफ्नो शरीरको कम्मरमा लुकाई छिपाई राखेको अबैध  हतियार  नलकटुवा एक थान बरामद  गरिएको थियो । हतियार सहित पक्राउ  परेकोलाई हातहतियार  शिर्षकमा मुदा दर्ता  गरि समानित बारा जिल्ला  अदालत बाट ७ दिनको म्याद थमाई थप अनुसन्धान  भैइरहेको  जिल्ला  प्रहरी  कार्यलय बाराको प्रहरी  प्रवक्ता  गौतम मिश्रले  बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here