आजन कुमार बानिया

पोखरिया – पर्साको पोखरिया नगरपालिकामा शनिबार स्यानिटाइजर बुथ स्थापना गरिएको छ । नगरपालिकाको पोखरिया जिल्ला अस्पतालमा सो स्यानिटाइजर बुथ स्थापना गरिएको हो । युवा समाज नेपालको पहलमा र निजामुदिन समानी, तारा देवी सरावगी, मुकेस सरावगी सहितको सहयोगमा स्थापित सो बुथ शनिबार बाटै पोखरिया अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अनिल यादवलाई हस्तान्तरण गरिएको छ ।

 

 

पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण प्रसाद रौनियार, प्रदेश नम्बर २ पर्सा क्षेत्र नम्बर ३ ख को प्रदेश सांसद प्रहलाद गिरी, पोखरिया नगरपालीकाको उप–प्रमुख सलमा खातुन, पोखरिया अस्पताल व्यवस्थापन समितिको अध्यक्ष लक्षमण साह कानु, युवा विकास पोखरियाको सुजित गिरी, नौसाद आलम, राकेश महतो लगायतका व्यक्तिहरुको उपस्थितिमा सो बुथ हस्तान्तरण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here