राजन कुमार बानिया

पोखरिया – पाेखराबाट एउटै बसमा पर्साकाे छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वा स्थित आइपुगेका ४३ जनालाई क्वारेन्टाइनमा राखिएकाे छ । भिस्वा स्थित नै रहेकाे छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमा ६ भारतिय सहित ३८ जनालाई राखिएकाे र ५ जनालाई धाेबिनी गाउँपालिकाकाे क्वारेन्टाइनमा पठाइएकाे छिपहरमाई गाउँपालिकाका स्वास्थ्य संयाेजक शम्भु साहले बताए । बा ४ ख ५७९० नम्बरकाे बसले शनिबार विहान भिस्वा आइपुगेका भारतिय र छिपहरमाई गाउँपालिका घर भएकाहरुलाई छिपहरमाईकाे क्वारेन्टाइनमा राखिएकाे र धाेबिनी गाउँपालिका निवासी ५ जनालाई धाेबिनी गाउँपालिकाकाे क्वारन्टाइनमा पठाइएकाे संयाेजक साहले जानकारी दिए ।

 

 

 

यस अघि देखी पनि श्री मंगल मावि भिस्वामा रहेेकाे गाउँपालिकाकाे क्वारेन्टाइनमा १६ जना रहेकाे छिपहरमाई गाउँ कार्यापालिकाकाे कार्यालयले जनाएकाे छ । विश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथामकाे लागि भएकाे लकडाउनमा पाेखराबाट एउटै बसमा धेरै जना आएकाेले सबैलाई क्वारेन्टाइनमा राखिएकाे प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले जनाए । ति सबै जनालाई १४ दिन सम्म क्वारेन्टाइन मै राखिने प्रमुख प्रशासकिय अधिकृत साहले जानकारी गराउनु भयाे । पाेखराबाट बसमा धेरै जना भिस्वा पुगेकाे गाउँपालिका अध्यक्ष मनाेज गुप्ता थाह पाए लगतै त्यहाँ आफै पुगी सबै जनालाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here