खासगरी नेपालमा एकै दिन १४ जना कोरोना भाइरस संक्रमित देखिएपछि स्थिति भयावह हुने हो कि भन्ने आशंका बढेको छ । लामो समयसम्म संक्रमित व्यक्ति फाट्टफुट्ट मात्र देखिएको अवस्थामा एकै दिन १४ जनामा कोरोना भाइरस देखिएपछि जनतामा केही मात्रामा त्रास बढ्नु स्वाभाविकै हो । उदयपुरमा १२ र चितवनमा २ गरी शुक्रबार मात्र १४ जना कोरोना भाइरस संक्रमित भएको राज्यका निकायले नै पुष्टि गरेपछि नेपालमा यसको संख्या ३० पुगेको छ । यस्तो संख्या बढ्दै गएमा निश्चय पनि नेपालका लागि अब झन् दुःखका दिन नआउला भन्न सकिन्न ।

 

 

 

नेपालमा कोरोना भाइरसको संक्रमणको संख्या लामो समयसम्म स्थिर रहेका कारण केही मात्रामा उत्साह बढेको भए पनि एकै दिन ठूलो संख्यामा संक्रमित फेला परेपछि सो उत्साह सिथिल भएको छ ।उदयपुर नगरपालिका वडा नम्बर ३ को भुल्केस्थित मस्जिदमा १२ जना संक्रमित अवस्थामा फेला परेपछि स्थानीय ठाउँलगायत देशमा नै केही अप्ठेरो स्थिति देखा परेको छ । निश्चय पनि मस्जिद भनेका बढी मान्छे आउजाउ हुने ठाउँ हो । देशमा लकडाउनको स्थिति भएपनि लुकीछिपी वा खुलेआम मन्दिर, मस्जिदलगायतका ठाउँमा मान्छेहरु गइरहेका छन् । ती १२ जना कहाँबाट आएका हुन्, उनीहरु कहिले देखि त्यहाँ बस्दै आएका छन्, को कोसँग उनीहरुको भेटघाट भयो भन्ने बारेमा उति नै बेला थाहा हुने विषय होइन ।

 

 

 

 

उनीहरु भारतबाट आई त्यहाँ बसेका भनी प्रारम्भिकरुपमा बताइएको भए पनि उनीहरुको यथार्थ विवरण आइनसकेको सम्बन्धित निकायको भनाइ रहेको छ । ती १२ जनामध्ये प्रत्येकले कस–कसलाई भेट गरे, प्रत्येक दिन उनीहरु कहाँ–कहाँ गए भन्ने बारेमा नालीबेली पत्ता लगाउन विशेष अनुसन्धान टोली नै गठन गर्नुपर्ने देखिएको छ । पछिल्लो पटक देखापरेका संक्रमितको बारेमा सोधखोज गर्नुपर्ने गरी अब राज्यको दायित्व थपिएको छ । राज्यले स्रोत साधन बढाउँदै लानुपर्ने भएको छ । पहिले जति रफ्तारमा सरकारले काम हुने गरेको थियो सो रफ्तारले अब नपुग्ने भएको छ । जोखिमलाई नियन्त्रण गर्नका लागि संघ, प्रदेश र स्थानीय तहले विशेष कदम चाल्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here