अहिले कोरोना भाइरस (कोभिड–१९)ले ल्याएको महामारीका कारण विश्व नै आक्रान्त भएका बेला कतिपय स्थानमा केही व्यक्तिहरूमा मानवीय भावनासमेत हराएको भान हुन थालेको छ । महामारीमा एकले अर्कोलाई सघाउने र संकटका बेला मनमुटाब र द्वन्द्वको भावनालाई त्यागी उदाहरणीय योगदानतर्फ लाग्नुपर्नेमा हस्पिटल वा कोरोना भाइरस भएको व्यक्ति बसेको भवनबाट आएको व्यक्तिलाई लखेट्ने हदसम्मको अपराध हामीकहाँ हुन थालेको छ ।कोरोना भाइरसकै कारण चीन सरकारले पनि नयाँ वर्ष मनाउने संघारमा पुग्दा कोरोनाको महामारीले आफ्ना नागरिकहरूको ज्यान बचाउने अठोटका साथ अघि बढ्ने उद्घोष गरेको थियो ।

 

 

 

नेपालमा पनि नयाँ वर्ष २०७७ सालको शुरूआत हुनुभन्दा २० दिनअघि नै शुरू भएको लकडाउनलाई लम्ब्याउँदै आम नागरिकको स्वस्थ जीवनको कामना गर्दै राज्यले लकडाउनलाई निरन्तरता दिने निर्णयमा पुग्यो । यो राज्यको दायित्व हो र देश र जनताका लागि अपरिहार्य कुरा हो ।

 

 

 

 

यतिबेला राज्यले आम नागरिकको स्वस्थ भएर बाँच्न पाउने नैसर्गिक अधिकारको रक्षा गर्ने उपाय भनेको लकडाउन गर्ने, बिरामी भएकालाई अस्पताल लगी उपचार गर्ने, विदेशबाट आएका व्यक्तिहरूलाई क्वारेन्टाइनमा राखी क्वारेन्टाइन स्थल, अस्पताललगायतका क्षेत्रबाट तीव्र परीक्षण गर्ने र शंकास्पद व्यक्तिको हकमा स्वाब नमुना संकलन गरी ल्याबमै लगेर परीक्षण गर्ने नै हो ।

 

 

 

यस अवस्थामा आम नागरिकले कोही विदेशबाट आई स्वास्थ्य परीक्षण नगरी घरमै बसेको छ भने स्वास्थ्य संस्थामा गई परीक्षण गर्न झकझक्याउने र स्थानीय निकायलाई सूचना गर्ने गर्नुपर्दछ ।लापारवाही गर्न हुन्न । लापारवाही भयो भने यसले ठूलो क्षति निम्तन सक्नेछ त्यसैले पनि मानवियतालाई ख्याल गर्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here