हेटौंडा – मकवानपुरका दश वटै स्थानीय तह दैनिक ज्यालादारी गर्ने मजदुर परिवारलाई राहत वितरणमा केन्द्रीत भएका छन् । कोरोना भाइरसका त्रासले गरिएको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने, अत्यन्त गरिव परिवारलाई खाद्यान्नको समस्या परेको भन्दै राहत वितरणमा केन्द्रीत भएका हुन् ।

 

 

राहत वितरणको काम सवै वडा मार्फत गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले भने पहिलो चरणको राहत वितरणको काम सकेर दोश्रो चरणको राहत वितरणको काम सञ्चालन भइरहेको मेयर हरिबहादुर महतले जानकारी दिनुभयो । हेटौंडाका धेरैजसो वडामा दोश्रो चरणको राहत वितरणको काम भइरहेको उहाँले वताउनुभयो ।

 

 

हेटौंडाका १० वटा वडा मध्यमा १० वटा वडाले दोश्रो चरणको राहतका सामाग्री पनि लगिसकेका छन् । जिल्लाका अरु स्थानीय तहले पनि राहत वितरणको काम जारी राखेका छन् । मनहरी गाउँपालिकाले हाल सम्म १ हजार ५ सय परिवारलाई राहत वितरण गरिसकेको अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । अरु राहत वितरण भने क्रमश गरिने उहाँले वताउनुभयो । दैनिक ज्यालादारी गर्नेको नाम पनि संकलन गर्ने र राहत वितरणको काम पनि गरिने उहाँले वताउनुभयो ।

 

 

 

मकवानपुरको थाहा नगरपालिका, मकवानपुर गढी गाउँपालिका, कैलाश गाउँपालिका, राक्सीराङ गाउँपालिका, बकैयाँ गाउँपालिका, बागमती गाउँपालिका, भिमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिकाले पनि राहत वितरणको कामलाई सुरु गरेका छन् । भिमफेदी गाउँपालिकाले पहिले राहत पाउनेको नाम सार्वजनिक गरेर खाद्यान्न वितरण गर्न लागेको अध्यक्ष हिदम लामाले वताउनुभयो । सवैजसो स्थानीय तहले दैनिक ज्यालादारी गर्ने, यसअघि पनि ज्यालाका भरमा काम गर्ने परिवारसंगै गरिव परिवारलाई समेत राहत वितरण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here