नरेश गुप्ता

बरियारपुर –  महागढीमाई नगर प्रमुख उपेन्द्र  प्रसाद यादवले लक डाउनमा असहाय ,गरिबको घाउमा मलम लगाउनु पर्ने बताउनु भएको छ । महागढीमाई नपा १ स्थित रहेको असहाय  ,गरिब ,मजदुर घरपरिवारलाई राहत सामग्री बितरण गर्दै यस्तो बेलामा हतोत्साहित नहुन संयम अपनाउन सबैलाई अनुरोध गर्नु भएको थियो ।

 

 

 

कोरोना कोभिड १९ रोकथाम गर्न राहत बितरण कार्यक्रमलाई सोसल डिस्टेनसिप अपनाएर राहत सामग्री  बितरण गरिएको थियो । महागढीमाई वडा न १ को वडा अध्यक्ष  सुदामा साह कानुको अध्यक्षतामा राहत सामग्री  चामल १५ किलो , दाल २ किलो , नुन १ पाकेट , तेल १ पाकेट  पांछ सय घरपरिवारलाई  बितरण गरिएको वडा सचिव रामबाबु शार्माले बताउनु भयो ।

 

 

 

 

कोरोना कोभिड १९ को संक्रमण फैलन नदिन साबुन पानीले हात धुन , मास्क लगाउन ,सेन्टिईजर प्रयोग गर्न सबैलाई आग्रह  गरिएको थियो । राहत बितरण कार्यक्रममा स्थानिय संचारक्रमी , राजनैतिक दलको प्रतिनिधि , सुरक्षाक्रमी लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here