नरेश गुप्ता
बरियारपुर – लक डाउनको १४ औं दिन बारामा लक डाउनको अवज्ञा गर्ने ७ जना मानिस सहित ३२ वटा मोटरसाइकल  बारा प्रहरीले नियन्त्रणमा  लिइएको छ । कोरोना कोभिड १९ संक्रमण फैल्न नदिन नेपाल सरकारले लगाएको लक डाउनको अवज्ञा गर्ने बिना कामले सार्वजनिक स्थान , बजारमा भिडभाड गर्ने ७ जना मानिसलाई  पक्राउ गरिएको बाराको प्रहरी  प्रवक्ता गौतम मिश्रले बताउनु भयो ।
त्यसैगरी  लक डाउनको अवज्ञा गरि बिना कामले सवारीसाधन चलाउने ३२ वटा मोटरसाइकल  समेत नियन्त्रणमा  लिइएको प्रवक्ता  मिश्रले बताउनु भयो। कोरोना कोभिड १९ को संक्रमण रोकथामको लागि भारत लगायत बिदेशबाट आउने ब्यक्तिहरुको खोजतलास  जारी रहेको प्रहरी  प्रवक्ता  मिश्रले बताउनु भयो । बारा जिल्लाभरी विभिन्न  स्थानमा संचालन गरिएको  कोरोना रोकथाम अस्पतालमा ३ सय ७ जनालाई करेन्टाईनमा र ८१ जनालाई बिशेष  निगरानीमा राखिएको छ ।
नेपालमा पनि कोरोना कोभिड १९ को संक्रमित  बढ्दै गएकोले नेपाल सरकारले पुन लक डाउनको समय अवधी बैशाख ३ गते सम्म बढाएकोले सो अवधी सम्म बाराको सबै सिमानाकामा प्रहरीको निगरानी  बढाईने लक डाउनको पालना गर्न सबैलाई जानकारी  गराईएको प्रहरी  प्रवक्ता  मिश्रले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here