झुण्ड बनाएर वडा अध्यक्ष बासु चाैधरी माक्स वितरण गर्दै ।

कृपा संवाददाता
कलैया , १२ चैत्र । महामारीको रूपमा फैलिएका कोरोना भाईरसका कारण विश्वको ठाउँको दुखाई भएका छन् । विश्वको ठाउँको दुखाईका बेला नेपालको पनि ठाउँको दुखाइ हुने कुरा सवभाविक नै हो । देशमा संघियता लागू हुनासाथ संघिय, प्रदेश तथा स्थानीय गरि तीन तहको सरकार भयो । देशमा महामारीको रूपमा फैलिएका कोरोना भाईरसबाट बच्न तिनै तहका सरकार लागिपरेका छन् ।

 

 

 

 

सरकारले (कोभिड–१९) कोरोना भाईरसबाट बच्नका लागि लकडाउन नै गरेका छन् । सोही अनुसार जिल्ला प्रशासन कार्यालय बाराले पनि चैत्र ११ गते देखि चैत्र १८ गते सम्म लकडाउन गर्ने सुचना नै प्रकाशित गरेका छन् । हुलमा बस्न रोक लगाए तापनि केही स्थानीय सरकारका वडा अध्यक्षहरूले हुलमै माक्स वितरण गरेका छन् ।

 

 

 

 

झुन्ड बनाएर जनप्रतिनिधिले माक्स वितरण गरिरह्दा नेपाल प्रहरीले कार्वाही गर्नुको साटो झन जनप्रतिनिधिर्ला सघाउदै हिडेका छन् । कुरो हो कोल्हवी नगरपालिकाको । कोल्हवी नगरपालिकाको वडा नम्बर ८ बेलवा बजारमा रहेको परोपकार कृषि सहकारी संस्थाको सहयोगमा कोल्हवी नगरपालिकाका वडा नम्बर ५ को आयोजनामा बुधबार माक्स वितरण गरेका छन् । वडा नम्बर ५ का वडा अध्यक्ष बासु चौधरीले हुल नै जम्मा गरि माक्स वितरण गरेका थिए ।

 

 

 

संक्रमणबाट बच्न नेपाल सरकारले बाहिर निस्कनै नमिल्नेगरी जनतालाई घरभित्रै राख्नुपर्ने बेला बाराको कोल्हबी नगरपालीका सिहोर्वाका प्रहरी भने झुण्ड नै बनाएर मास्क बितरण कार्यक्रममा सघाएका देखिएका छन् । बुधबार परोपकार कृृषि सहकारी संस्थाले कोल्हवी नगरपालिकाको वडा नम्बर ५ ले आयोजना गरेको मास्क बितरणमा ईलाका प्रहरी कार्यालय सिहोर्वाका इन्चार्ज नन्दकिसोर सिँह समेत मास्क बाँडदै घरघर पुगेका छन् ।

 

 

 

 

प्रहरी प्रशासनले लकडाउन जारी रहेको बेला बाहिर निस्कने जो कोहीलाई कारवारी वा सम्झाई बुझाई गरी बाहिर निस्कन नदिने हो । तर प्रहरी रोक्नु पर्ने ठाउँमा जनप्रतिनिधिसंगै मास्क बितरणमा गाउँमा झुण्ड जम्मा पार्ने कार्य प्रहरीले नै गरिरहेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

 

 

 

 

 

 

लकडाउन जारी भएको बेला प्रहरीले नै झुन्ड जम्मा गर्नु विषयमा बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले प्रतिक्रिया लिदा कोरोना भाईरसबाट बच्नको लागि माक्स वितरण गर्नु राम्रो हो । तर प्रशासनले जारी गरेको लकडाउन सर्वसाधारण जनताकै हितमा रहेकाले जनप्रतिनिधिले प्रहरीलाई प्रयोग गरेर दुरुपयोग गरेको जनाए । साथै प्रहरीले नै लकडाउन उलंघन गरेको पाईएका कार्वाही गर्ने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here