कृपा संवाददाता 
कलैया –  विश्व भरि महामारीको रूपमा फैलिएको कोरोना भाईसरबाट  बच्नका लागि फेटा गाउँपालिकाले  पूर्णरूपमा सतर्कता अपनाएका छन् । फेटा गाउँपालिकाको आयोजनामा  आईतबार भएको गाउँपालिका स्तरीय जनप्रतिनिधि तथा कर्मचारीहरूलाई नोबेल कोरोना भाईरस ( कोभिड-१९ ) सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा महामारीको रूपमा अहिले फैलिएको कोरोनाबाट बच्न पूर्णरूपमा सतर्कता अपनाएका छन् । 
कोरोना भाईरसबाट बच्नका लागि गाउँपालिकाले हरेक गाउँमा जनचेतनामूलक बोर्ड झुण्डयाउने , हरेक हाट बजार तथा चोक चोकमा जनचेतनामूलक सूचना प्रसारण गर्ने गरेको बारे गाउँपालिकाको अध्यक्ष अमिरीलाल प्रसादले जानकारी दिए । साथै गाउँपालिका भित्र रहेका हरेक  स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई बिदाको दिन पनि सेवा दिन निर्देशन दिएका छन् । त्यसैगरी जोतपुरमा   हेल्प डेक्स स्थापना गरि कोरोना भाईरस सम्बन्धि चेकजाँच गर्ने बारे गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसादले सुनाए । 
कार्यक्रममा डाक्टर  शिवस कुमार पाण्डेले कोरोना भाईरस  कसरी फैलिने तथा सर्ने सम्बन्धि जानकारी गराएका थिए । त्यसैगरी जिल्ला जन स्वास्थ्य कार्यालय बाराका भेकटर कन्ट्रोल शंकर गुप्ताले कोरोना भाईरसबाट बच्नका लागि के के तरिका अपनाउनुपर्ने बारे जानकारी गराएका थिए । 
सम्पन्न कार्यक्रमबाट गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसाद संरक्षण रहनेगरि महामारी रोग फैलिएको  बेला छिटोभन्दा छिटो  काम गर्नका लागि आरआरटी गठन गरेका छन् । आरआरटीका संयोजकमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण  मेहता रहेका छन् । भने सदस्यमा गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी रहने प्रावधान रहेको छ  । 
कार्यक्रममा फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसाद , उपाध्यक्ष कमरूण खातुन  , प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता , गाउँपालिकामा कार्यरत कर्मचारी लगायत वडा अध्यक्षहरूको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन फेटा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कुरान अलि ठकुराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here