अनिल तिवारी
सिमरा –  बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियामा सशस्त्र प्रहरी बल बेस क्याम्प जीतपुरका लागि भवन शिलान्यास गरीएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वती चौधरीले बिधि पुर्वक सोमबार यस योजनाको शिलान्यास गरीन् ।

 

 

 

 

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख चौधरीले समयमा नै योजना सम्पन्न गर्न सबैको पहल अनिवार्य रहने बताईन् । उनले समाजमा सुशासन कायम गर्न सहयोग पु¥याउने सुरक्षा बलका लागि नगर स्तरीय बजेटबाट निर्माण गर्न लागिएको यस भवनको निर्माण कार्यलाई नियमन गर्न स्थानियसंग आग्रह समेत गरीन् ।

 

 

 

 

करिब १५ लाखको लगानीमा निर्माण हुन लागेको यस जेष्ठ मसान्तसम्ममा कार्य सम्पन्न गर्ने योजना रहेको भवन निर्माण समितिका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिए । कृष्ण समितिका अध्यक्ष चौधरीको सभा अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा ५ का अध्यक्ष मोहित चौधरी, बकुलिया क्याम्पसका अध्यक्ष देवनारायण चौधरी, नेकपा नेता राजन पौैडेल , बकुलिया बिधालयका अध्यक्ष हरिनारायण चौधरी, जीतपुरसिमरा नगर उधोग बाणिज्य सघका अध्यक्ष सजय साह, नेकपाका युवा नेता मनोज पौैडेल लगाएत स्थानियहरुको सहभागीता रहेको थियो ।

 

 

 

रञ्जन यादबको सहजीकरणमा सम्पन्न कार्यक्रममा सशस्त्र बेस क्याम्प जीतपुरका प्रमुख दिलेन्द्र खत्रीले स्वागत मन्तब्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here