अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएको अवस्थामा लाखौं विद्यार्थीको भविष्यसंँग जोडिएको एसईई परीक्षाको कार्यतालिका सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठनले हालसम्म १ सय २४ देशमा कोरोना भित्रिसकेको उल्लेख गरेको र सार्क क्षेत्रका मुलुकमा पनि यसको असर देखिइसकेको अवस्थामा खेलाची गर्ने ठाउँ छैन् । यस्तै अवस्थालाई ख्याल गरेर डब्ल्यूएचओले विश्वभरका विद्यालय, उद्योग, कल–कारखाना लगायत भीडभाड हुने स्थानमा आवत–जावत बन्द गर्न र सबै जनतालाई सावधानी अपनाउन निर्देशन दिइसकेको छ ।

 

 

 

 

 

 

तर, हामी भने परीक्षा तालिका सार्वजनिक गरेर बसेका छौं । यही चैत ६ गतेदेखि सञ्चालन हुने एसईई परीक्षामा स्वास्थ्य डेक्स राख्ने कुरो त गरिएको छ, तर त्यसलाई पर्याप्त मान्न सकिन्न् । उता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गतेसम्म सबै प्रकारका परीक्षा सकेर बिदा दिन निर्देशन दिइसकेको छ । तर, विद्यालयदेखि विश्वविद्यालय तहसम्मको परीक्षामा सहभागी विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरको विषयमा सोचेको पाइँदैन् । सबै निकायले परीक्षाको कार्यतालिका सार्वजनिक गरिसकेका छन् । यस्तो विषम परिस्थितिमा परीक्षामा सहभागी विद्यार्थीलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउने विषयमा ध्यान दिएको पाइँदैन ।

 

 

 

 

 

हुन त राष्ट्रिय परीक्षा बोर्डले सबै परीक्षा केन्द्रमा सहभागी विद्यार्थीलाई ज्वरो परीक्षण गरेर मात्र परीक्षा केन्द्रमा पठाउने विषयमा सरकारसँग छलफल गरिरहेको छ । करिब ५ लाख विद्यार्थी सहभागी हुने एसईईलाई कोरोना भाइरसले मनोवैज्ञानिक रूपमा पनि प्रभावित बनाउने अवस्था छ । अब साना कक्षाको परीक्षा सकिनै लागेको छ भने एसइइ शुरु हुदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here