कृष्णउदास खनाल
हेटौंडा – २०७४ साल बैशाख ३१ गतेभन्दा अगाडि हेटौंडा उपमहानगरपालिका लगभग सुनसान नै हुन्थ्यो । सामान्य विवाद लिएर समेत नागरिकहरु अदालतसम्म धाउने गर्दथे तर स्थानीय चुनाव भएर जनप्रतिनिधिहरु आएपछि अहिले हेटौंडा उपमहानगरपालिकाको मुहार फेरिएको छ । अझै न्यायिक समितिको कामले नगरवासीलाई धेरै कुरामा सहज बनाइ दिएको छ ।

 

 

 

 

 

नेपालको संबिधानको धारा २१७ बमोजिम गठन भएको न्यायिक समितिले करिब दुई बर्षको अवधिमा नगरवासीहरुलाई न्यायको सवालमा धेरै राहत दिएको छ । हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिले इजलाशको नै ब्यवस्था गरेको छ ।

 

 

 

 

संबिधान अनुसार नै न्यायिक समितिको संयोजकमा उपमेयर मीनाकुमारी लामा आफै रहनु भएको छ भने सदस्यहरुमा इन्द्र नेपाल र बेगम बराल रहनु भएको छ । देशमा नै फरक हिसावले आफूहरुले न्याय निरुपण र मेलमिलाप गर्र्दै आइरहेको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर एवम् न्यायिक समितिकी संयोजक मीना कुमारी लामाले बताउनुभयो ।

 

 

 

 

 

 

उपमहानगरपालिकाको न्यायिक समितिमा परेका विवादहरु मेलमिलापबाट नै टुंगाउने गरिएको छ । १४६ वटा विवादहरु परेकोमा ६५ वटा मिलाप भएको, मेलमिलाप हुन नसकेको १६ र मिलापको प्रकृयामा ६५ वटा रहेको छ । न्याय निरुपणको अभ्यास आफुहरुले फरक ढंगबाट संचालन गरिरहेको न्यायिक समितिका सदस्य इन्द्र नेपालले बताउनुभयो ।

 

 

 

 

 

 

 

अदालतमा आफू धाउदा समेत नपाएको न्याय आफूले न्यायिक समितिबाट पाएको हेटौंडा पद्मपोखरीकी दुर्गा मोक्तानले सुनाउनुभयो । घरासयी सबैजसो विवादहरु न्यायिक समितिमा निःशुल्क रुपमा उजुरी गर्न सक्ने ब्यवस्था मिलाइएको छ भने सहज रुपमा न्याय दिनका लागि नगरपालिकाभर मेलमिलापकर्ताको समेत ब्यवस्थम मिलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here