कृपा संवाददाता

निजगढ –  निजगढ नगरपालिकाले दमकल खरिद प्रकृया सुरु गरेको छ । सुख्यायाममा नगरभित्र हुदै आएका आगलागीका घटना नियन्त्रणमा लिन दमकल नहुदा समस्या भएकाले खरिद गर्न लागिएको निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछानेले बताउनुभयो । दमकल खरिदका लागि टेन्र्डरसमेत आह्वान भइसकेको उपमेयर लामिछानेले जानकारी दिनुभयो ।

 

 

 

 

 

 

 

उहाका अनुसार फागुन १८ गते १५ दिने सूचना प्रकाशित गरि क्याटलक सपिङ विधिबाट बारुण यत्र दमकल खरिद गर्न लागिएको बताउनुभयो । निजगढ नगरपालिकासंग दमकल नहुदा आगलागीका घटनामा स्थानीयले क्षेति बेहोर्नु परेको भन्दै जनप्रतिनिधिहरुको आलोचना हुदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here