किसानको मकैबालिको अनुगमन गर्दै सरकारी टोली ।

पुष्पराज खतिवडा
मन्हर्वा – किसानले लगाएको मकै बालिमा धान चमरामा दाना लाग्ने ,घोगा नलाग्ने लगायतका समस्या देखिएपछी संघिय सरकारद्वारा गठित निरिक्षण समितिले बुधबार अनुगमन गरेको छ । टोलीले बाराका विभिन्न क्षेत्रमा लगाईएको मकैको वास्तविक समस्या पहिचान गरि सरकारलाई सिफारिस गर्ने गरी दुईहप्ता अघि कुषि मन्त्रालयले विउ विजन गुणस्तर केन्द्रका प्रमुख मदन थापाको नेतृत्वमा अनुगमन समिति गठन गरेको थियोे ।

 

 

 

 

 

 

 

अनुगमनका क्रममा जीतपुरसिमरा उपमहानगर पालिकाको बडहर्वा कुस्माडी, लामिडाँडा, डुमरवाना ,खयरसल्ला पुगेका थापाले मकैमा समस्या रहेको बताए । धानचमारमा दाना लाग्दा बोटमा घोगा कमजोर रहेको पाईयो । धानचमारमा दाना लाग्दा मैक उत्पादनमा हस आउन सक्ने बताए । तर बाहिरी हल्ला जस्तो अवस्था नरहेको थापाले बताए ।

 

 

 

 

 

 

विशेष गरी श्रेष्ठा जातको मकैबालिमा धेरै समस्या देखिएको छ । अन्य जातका मकैबालिमा समेत धान चमिरामा दाना लाग्ने, अनावश्यक रुपमा घोगा लागेको पाईएको थापाले सुनाए । विदेशी विउमा भरपर्दा नेपाली किसान बर्षेनी समस्यामा पर्दै आएकाले नेपाली विउ उत्पादन र विस्तारमा लाग्न सरकारले गृहकार्य थालेको उनले बताए ।परागसेचनका बेला मौसमी प्रतिकुलताका कारण धानचमिरामा दाना लाग्ने भएको हो । लामो समय सम्म चिसो हुनु यसको कारण हो ।

 

 

 

 

 

 

 

बालि लगाउने समय एकीन गर्न नसक्दा यस्ता खालका समस्या देखिएको मकैबाली अनुसन्धान रामपुर चितवनका वैज्ञानिक महेन्द्र त्रिपाठीले बताए । उनका अनुसार धानचमारमा दाना लाग्दा वास्तविक घोगाको वृती विकास कमजोर भएको छ । सामान्यतया २० प्रतिशत बालिमा नोक्सान पुगेको वैज्ञानिक त्रिपाठीले बताए । अनुगमन टोलीमा कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादव, विउविजन गुणस्तर नियन्त्रया केन्द्र काठमाण्डौंका बरिष्ठ बालि विकास अधिकृत रमेश हुमागाईं,अधिकृत रविन धिताल,विउविजन ब्यवसायिक संघ नेपालका उपाध्यक्ष छोटेलला प्रसाद , कृषि प्राविधिक रिंकु चौधरी लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here