अनिल तिवारी
सिमरा –  जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले सबैको साझा सहकार्यमा मात्र बन र बन्यजन्तुको संरक्षण सम्भव रहेको बताउनुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको मुसहर्निमाई बन उपभोक्ता समितिमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । चोरीशिकारी नियन्त्रण युवाजागरण अभियान एवम विश्व जन्यजन्तुुु दिवसको अवसरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै एक ब्यक्तिले चाहेर कुनैपनि अभियान पुरा नहुने बताउँदै बन संरक्षणको पाटोमा पनि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

 

 

 

श्रेष्ठले समिति अन्तरगत ४ ओटा चोरीशिकारी नियन्त्रण युवाजागरण अभियान उपसमिति भएपनि यस कार्यमा सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो । बनमा आधारित रहेका ब्यक्तिहरु प्हिले पहिले बन र बन्यजन्तुको विनासमा रमानेहरु आज त्यसको संरक्षणमा लागी सकेको जीकिर गर्दै उहाँले यसलाई ठुलो परिवर्तनको संज्ञा दिनुभयो ।

 

 

 

 

 

चोरीशिकारी नियन्त्रण युवाजागरण अभियानका संयोजक दिपक लामाको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा मुसहर्निमाई बन उपभोक्ता समितिका अध्यक्ष कुबेर न्योपाने, भिमेश्वर सामुदायीक बन समुहका अध्यक्ष पेशल कुमार मुल्मी, जनजागरणका उपाध्यक्ष शंकर चौधरी, जनहित उपभोक्ता समितिका सदस्य शंकर पाख्रिन, भरत भुर्तेल लगाएतको उपस्थिती रहेको थियो । जनहित उपभोक्ता समितिको आयोजना तथा तराई भु–परिधि कार्यक्रमको आर्थीक सहयोगमा सम्पन्न यस कार्यक्रमको सहजीकरण रविन्द्र खकुरेलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here