पुष्पराज खतिवडा

मन्हर्वा –  बारा प्रहरीले २ हजार १०० पिस अवैध लागु औषध सहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरी विहिबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार जिल्ला मोतिहारी थाना हरसिद्धी पोष्ट मुरारपुर ग्राम पंचायत ४ बस्ने २१ बर्षका चन्दन कुमार र भारत बिहार जिल्ला मोतिहारी थाना मोतिहारी रामसिंह छतौनी ग्राम पंचायत ३ का २४ बर्षिय मुकेश साह तेली रहेको बारा प्रहरीले जनाएको छ ।

 

 

प्रहरीले बिशेष सुचनाका आधारमा माघ २९ गते बेलुकी कलैया उपमहानगरपालिका १० मटिअर्वा कलैया सडक खण्डबाट पक्राउ गरेको हो । प्रहरी चौकी मटिअर्वामा कार्यरत प्रहरी नायव निरिक्षक लक्ष्मण पाठकको टोलीले सवारी चेकजाचँ गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । भारतको आदापुरबाट कलैया आउदै गरेको ना.२ ह ३६१४ नम्बरको अटो चेकजाचँका क्रममो कपडाको झोला भित्र लुकाई राखेको अवस्थामा १४ वटा पोका बरामद भएको हो ।

 

 

 

बरामद गरिएकोमा नुर्फिन ७०० पिस, फेनार्गन ७०० पिस र डाईजोपाम ७०० पिसका दरले १४ पोकामा जम्मा २१०० रहेको प्रहरीले जनाएको छ । अबैध लागु औषध सहित पक्राउ परेका दुबैलाई लागु औषध मुद्दामा पहिलो पटक जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखि थप अनुसन्धान कार्य भई रहेको बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here