अनिल तिवारी
सिमरा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयामा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर १ को आयोजनामा सम्पन्न यस कार्यक्रममा ग्रिन एण्ड क्लिन सिटिको सहयोग रहेको थियो ।

 

 

पथलैया सहरलाई सफा र सुन्दर बनाउन यस कार्यक्रमको आयोजना गरीएको ग्रिन एण्ड क्लिन सिटिका मिथलेश महतोले जानकारी दिनुभयो । उहाँले सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत यस कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी पथलैया, ईलाका प्रहरी कार्यालय सिमरा लगाएत जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का स्थानियहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

 

 

 

पछिलो समयमा सडक निर्माणका कार्यका कारण जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका पथलैया सिमरा, जीतपुर लगाएतका सहरहरु फोहरबाट नराम्ररी प्रभावित भएपछि ग्रिन एण्ड क्लिन सिटिले यस कार्यक्रमको आयोजना गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here