जियालाल चौधरी

कोल्हबी –  बाराको करैयामाई गाउँपालिका वडा न.७ मा अवस्थित सृजनशिल युवा क्लब पिपराको आयोजनामा पंचगछिया खेल मैदानमा जारी चौथो पिपरा गोल्ड कपको पाचौं दिन मोतीराजा युथ क्लब उदयपुर र सिमरा युनाइटेड बिच भिडन्त भएको खेलमा ०-१ गोलको बिरुद्ध सिमरा युनाइटेड बिजय भएको छ ।

 

 

 

 

सिमरा युनाइटेडका जर्सी न.१९ का सुनिल राउतले खेल्को दोश्रो हाल्फको ३९ मिनट बित्दै पहिलो गोल गरि आफ्नो टिमलाइ बिजय घोषित गराएको हो । सिमरा युनाइटेडका जर्सी न.१९ कै सुनिल राउतलाई सृजनशिल युवा क्लब पिपराका उपाध्यक्ष लालबहादुर चौधरीले ट्रफी प्रदान गरि खेलको म्यान अफ दि म्याच घोषित गरिएको हो ।

 

 

 

अनुमानित ५३ लाखको लागतमा भइरहेको चौथो पिपरा गोल्ड कपमा २४ गते शुक्रबारको दिन महिला मैत्रीपूर्ण खेल हुने साथै बुधबारको दिन हुने सेमिफाइनल खेलमा बिरगंज युथ एकेडेमी र बागमती युवा क्लब बिच भिडन्त हुने बारे आयोजक समितिले जनाए । प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख प्राप्त गर्ने भएको छ ।

 

 

 

यसैगरी प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई अयोजकले नगद ५००० हजार तथा सिल,मेदल र प्रमाण-पत्र प्रदान गर्ने र साथै माघ १५ गते बुधबार देखि सुरु हुने खेल २३ गते बिहिवार सम्म रहने र उप्त खेलमा महिलाहरुको लागि निसुल्क खेल हेर्न दिइने व्यवस्था मिलाइएको आयोजक समितीले जानकारी दिए ।

 

 

उप्त कार्यक्रमको सहयोगी हातहरु मुख्य सहयोगी करैयामाइ गाउँपालिका ,स-सहयोगी कोल्हबी नगरपालिका , सहयोगीहरु निजगढ नगरपालिका ,एन सि सि बैंक, नमुना इटा लगायतका अन्य संस्थाहरु रहेका छ्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here