जियालाल चौधरी

कोल्हवी – बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ सृजनशिल युवा क्लब पिपराको आयोजनामा पंचगछिया खेल मैदानमा जारी चौथो पिपरा गोल्ड कपको चौथो दिन गतबर्षको बिजेता न.२ बाहिनी(एपीएफ क्लब) र बागमती ११ सर्लाही बिच प्रतिस्पर्धा भएको खेलमा ०-१ गोलको बिरुद्ध बागमती ११ सर्लाही बिजय भएको छ ।

 

 

 

 

दुबै टिम बीच प्रतिस्पर्धा हुदा समय अवधि कुनै पनि टिमले गोल गर्न नसक्दा खेल ट्राइब्रेकरमा धकेलिएको थियो । खेलको ट्राइब्रेकर हुँदा ०-१ गोल को विरुद्ध बागमती ११ सर्लाही बिजय भएको हो। बागमती ११ सर्लाहीका जर्सी न.२२ का मनिष थापा मगरलाई ट्रफी प्रदान गरि खेलको म्यान अफ दि म्याच घोषित गरिएको हो ।

 

 

 

अनुमानित ५३ लाखको लागतमा भइरहेको चौथो पिपरा गोल्ड कपमा २४ गते शुक्रबारको दिन महिला मैत्रीपूर्ण खेल हुने साथै मंग्लवारको दिन युनाइटेड सिमरा र उदयपुर ११ बिच भिडन्त हुने बारे आयोजक समितिले जनाए । प्रतियोगिताको बिजेताले २ लाख र उपबिजेताले १ लाख प्राप्त गर्ने भएको छ ।

 

 

 

यसैगरी प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई अयोजकले नगद ५००० हजार तथा सिल, मेदल र प्रमाण-पत्र प्रदान गर्ने र साथै माघ १५ गते बुधबार देखि सुरु हुने खेल २३ गते बिहिवार सम्म रहने र उप्त खेलमा महिलाहरुको लागि निसुल्क खेल हेर्न दिइने व्यवस्था मिलाइएको आयोजक समितीले जानकारी दिए ।

 

 

 

उप्त कार्यक्रमको सहयोगी हातहरु मुख्य सहयोगी करैयामाइ गाउँपालिका ,स-सहयोगी कोल्हबी नगरपालिका , सहयोगीहरु निजगढ नगरपालिका ,एन सि सि बैंक, नमुना इटा लगायतका अन्य संस्थाहरु रहेका छ्न।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here