हेटौंडा – चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि मकवानपुरको हेटौडा अस्पतालले उच्च सतर्कता अपनाउने भएको छ । अस्पतालले शङ्कास्पद बिरामी आईहाले भने उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार गर्ने भएको हो ।

 

 

धेरै बिरामीको चाप हुने हेटौडा अस्पतालमा तिनवटा कोठाको कक्ष खडा गरी सेवा शुरु गर्ने तयारी थालिएको छ । यसको तयारीमा जुटीसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रबिन श्रेष्ठले जानकारि गराउनुभयो । अस्पतालले नया भवनको ओपिडि कक्ष उक्त उपचार कक्षको तयारि गरिरहेको श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

उक्त भवनको कोठामा यो भन्दा अघि चमेना गृह सन्चालनमा ल्याउने भनिएको थियो । कोरोना भाईरसको महामारि फैलेको कुरा सुन्ने बित्तिकै उच्च सतर्कता अपनाई चमेना गृहको कार्य रोकि शङ्कास्पद बिरामी आए यस कक्षमा राख्ने निर्णय गरेको उहाँले वताउनुभयो । सो कक्षको जिम्मेवारी फिजिसियनले लिने श्रेष्ठको भनाई छ ।

 

 

परीक्षणबाट कुनै बिरामीमा कोरोना भाइरसको सङ्क्रमणको आशङ्का लागेमा नमूना सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाईने छ । तर हालसम्म भने अस्पतालमा कोरोना भाईरसको शङ्कास्पद बिरामी आईनसकेको बताउनुभयो । बिरामी र सर्वसाधारणको लागि कोरोना भाइरससम्बन्धी चेतनामूलक कार्यको समेत सुरु गर्ने बताउनुभयो ।

 

 

नियमितरुपमा साबुनपानीले हात धुने, फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, वन्यजन्तु तथा घरपालुवा पशुपक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहनेजस्ता काम गरेमा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सकिने डा श्रेष्ठले बताउनुभयो । यस्तै खोक्दा वा हाँछ्यु गर्दा नाक र मुख छोप्ने, फ्लुजस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खान सुझाव दिनुभयो ।

 

 

 

अस्पतालले त्यहाँ कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीका लागि कोरोना भाइरससम्बन्धी विशेष प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम गर्न जरुरि रहेको वताइएको छ । केन्द्रीय अस्पतालका रुपमा रहेको हेटौडा अस्पताल मकवानपुर जिल्लासहित तराईको बिभिन्न जिल्लाका बिरामि उपचारका लागि आउने गर्दछन् । अस्पतालमा बर्षे्नि ६० देखि ८० हजार बिरामिले सेवा लिने गरेका छ्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here