पत्रकार सम्मेलनमा विभिन्न मुदाका अभियुक्तलाइ सार्वजनीक गर्दै ।

अनिल तिवारी
सिमरा –  ईलाका प्रहरी कार्यालय सिमराले विभिन्न अभियोगमा पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ । आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले हातहतियार तथा खरखजाना, लागु औषध गाँजा र ठगी मुद्दामा पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको हो ।

 

 

प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ बाट लोचन चमारका छोरा दिपलाल रामलाई हातहतियार तथा खरखजाना मुद्दामा पक्राउ गरी कारवाहि अगाडी बढाएको छ । रामको घरबाट प्रहरीले एक थान नलकटुवा पोस्तोल सहित यसमा लाग्ने ६ थान गोली समेत पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।

 

यसैगरी प्रहरीले निजगढ नगरपालिका १३ बस्ने मंगलसिहं तामाङ्ग र रौतहट चन्द्रपुर नगरपालिका ८ बस्ने गनहर बैठालाई लागु औषध गाँजा,एक थान मोटरसाईकल र २५ हजार नगदसहित बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ चकरिबाटपक्राउ गरेको हो ।

 

 

साथै प्रहरीले चाँदिको भाडोमा राखि सिसा जस्तो टल्किने समानलाई नागमणी भन्दै ठगी गर्दै आएका बाराको कलैया उपमहानगरपालिका २६ बस्ने सरिक मिया धोबिलाई ठगी मुद्दामा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक पुरीले जानकारी दिनुभयो । पक्राउ परेकाहरु सबैलाई जील्ला अदालत कलैयामा पेश गरी कारवाहि अगाडी बढाएको समेत प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here