हेटौंडा –  हेटौंडा उपमाहानगरपालिकाले आज तेक्वान्दो प्रशिक्षणको लागि कबर्ड हलको शिलान्यास गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा निर्माण सुरु भएको कबर्ड हलको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गर्नुभयो ।

 

 

 

अहिले सम्म खुल्ला स्थानमा प्रशिक्षण गर्नुपर्ने बाध्यता भोग्दै आएपनि अव भने त्यो समस्या हट्ने मेयर महतले वताउनुभयो । हेटौंडा उपमहानगरको ८ लाख रुपैयाँ लागतमा यो कवर्डहल निर्माण गर्न सुरु गरेको हो । मेयर महतले तेक्वान्दो खेल क्षेत्रको विकासमा थप कवर्डहलको निर्माणले योगदान दिने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here