कार्यक्रममा सहभागी अतिथीहरु ।

दुष्यन्त चौधरी
कलैया – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) ले जब जब सरकार आयो त्यो बेला देशमा परिवर्तन भएको ईतिहास साक्षी रहेको बारे बामपन्थी नेता नन्द अर्यालले जानकारी दिए । बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ नरहीमा आयोजित सहिद मुखलाल महतोको ६५ औं स्मृति सभामा बामपन्थी नेता नन्द अर्यालका अनुसार नेकपाले मात्र किसान , मज्दुर , गरिबको बारे अवाज उठाउने गरेको कार्यक्रममा सम्बोधन गरेका थिए ।

 

सहिद मुखलाल महताे ।

संसारका श्रमजीवी मजदुरहरु एक हौं , महान सहिद मुखलाल महतो अमर रहुन भन्ने नाराका साथ बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ नरहीमा सहिद मुखलाल महतोको ६५ औं स्मृति सभा कार्यक्रम बिहिबार सम्पन्न भएको छ । शहिद दिवशको अबसरमा शहिद मुखलाल महतोको स्तम्भमा माल्यारपण गर्दै कार्यक्रममा सहभागि भएका नेकपाका नेताहरुले पुस्पगुच्छाले पुजा गर्दै शहिद दिवश मनाइएको हो । साथै नेपाल कम्युनिष्ट पार्टीका नेताहरु लगायतकाले शहिद मुखलाल महतोको स्तम्भमा माल्यारपण गरेका थिए ।

 

सहिद मुखलाल महताेकाे सालिकमा अबिर लगाउदै नेकपा नेता तथा कार्यकाताहरु ।

नेकपाका नेता पुरुषोतम पौडेलका अनुसार मुखलाल महतो जस्तो शहिदको काँधमा टेकेर आफुहरु अहिलेको अबस्थासम्म आईपुगेको बताए । सहिदकै कारण राजनितिक र सामाजिक परिबर्तन भएको उनले बताए । शहिद दिबको कार्यक्रमलाई औपचारिकता भन्दा पनि सबैले सम्झन लायक काम गर्नुपर्ने सुझाव दिए । सहिद मुखलाल महतोको सपनालाई पुरा गर्ने समय बल्ल आएको नेकपाका नेता पौडेलले जानकारी दिए ।

 

 

नेपालमा २०११ सालमा किसानहरुले गरेको आन्दोलनमा मुखलाल महतोले नेतृत्व गरेका थिए । त्यो बेला महतोले गरेको आन्दोलन उदाहरण मात्र रहेको छ । पछिलो समयमा बाराका पूर्व जिल्ला सभापती छठु प्रसाद यादवले बाराको दक्षिणी भेगमा नेपाल कम्युनिष्ट पार्टीलाई बलियो बनाउनको लागि चालेका कदम पनि सराहनीय रहेको कार्यक्रमको प्रमुख अतिथी रहेका नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का बामपन्थी नेता नन्द अर्यालले जानकारी दिए ।

कार्यक्रममा सम्बाेधन गर्दै पूर्व मन्त्री पुरुषाेतम पाैडेल ।

गरिब, किसान, सामाज , देशको उन्नती लागि सहिद मुखलाल महतोले योग्दान गरेकै कारणले आजको दिनमा पनि उहाँको नाम हामीले लिदै आईरहेका सुनाए । महतोले बारा , पर्सा , रौतहटमा चलेको किसानको आन्दोलनको नेतृत्व गरेका थिए । सोहि बेला तत्कालीन बडा हाकिमको आदेशमा बाराको नरहीमा हत्या गरिएको थियो ।

 

को थिए मुखलाल महतो ?
२००९ सालमा बारा जिल्लामा कम्युनिष्ट पार्टीको गठन भयो । तराईमा ठूलो किसान आन्दोलन भयो । किसान आन्दोलनको सुरुवात बाराको गडहलबाट सुरु भई विसनपुरुवा, कटहरीया, कचोर्वा, नरहीमा हुँदै रौतहट, सिरहा, सप्तरीसम्म फैलियो । किसान आन्दोलनको नेतृत्व पार्टीले गरेको थियो । त्यसको अगुवाई बारा जिल्लाका नेता मधु सिंहले गरेका थिए ।

 

२०११ सालको किसान आन्दोलनमा बाराको शीतलपुर बकुलरका मुखलाल महतो सहिद भयो । साथै कम्युनिष्ट नेता मधुसिंह, देवनारायण साह, हरदयाल महतो कोइरी, रामवृक्ष थारु, नन्दकिशोर फैजदार, सोहन चौधरी आदि गिरफ्तारीमा प¥यौं । ९ महिनासम्म जेल पनि बितायो । रमाकान्त मिश्र र रामलाल खां थारुको बारा जिल्लामा पार्टी निर्माणमा र २०११ सालको किसान आन्दोलनमा महत्वपूर्ण भूमिका थियो ।

 

 

किसान आन्दोलनका नारा के थिए त ?
बटैया हक कायम करो । बेड विगारी तोडो । मन्वा भाग पुरा करो । हरौरी जरौरी खतम करो । जिसका जोत उसका पोत करो । मद्दत भकारी कायम करो, आदि थिए ।

 

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का जिल्लाका अध्यक्ष क्षेत्र बहादुर श्रेषठकाे अध्यक्षतामा सम्पन्न  कार्यक्रममा बाराको निर्वाचन क्षेत्र नम्बर ४ क मा प्रदेश सभा सदस्य सुन्दर विशवकर्मा , नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) पुरुषोतम पौडेल , जयराम दहाल , छठु प्रसाद यादव , गिता कडेल , तपेश्वर राय थारु , जितपुरसिमरा उपमाहनगरपालिकाको उप नगर प्रमुख सरस्वती देवी चौधरी लगायत नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का नेता तथा कार्यकार्ताहरुको विशेष सहभागिता रहेको थियो ।

 

 

देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस मनाउने गरिन्छ । नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्र विरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीर सपूतको सम्झनामा वर्षेनी शहीद दिवस मनाउने गरिन्छ । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ गरिन्छ ।

 

 

१९९७ साल माघ १० गते निरंकुश राणा शासनविरुद्ध नेपाल प्रजापरिषद स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो । यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । कार्यक्रममा सहिद परिवारलाई दोसाला ओढाएर बाट सम्मान गरिएको थियो । कार्यक्रम हजारौं जनताको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here