हेटौंडा –  भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले साहित्यकार शान्तिप्रियबन्दना सात जनालाई पुरस्कृत तथा सम्मान गरेको छ । बुधबार हेटौँडामा कार्यक्रमको आयोजना गरि विरागको ८६ औँ जन्मजयन्तीको पारेर सम्मान गरिएको हो ।

 

 

प्रतिष्ठानले बागमती प्रदेश स्तरीय ५० हजार १ राशीको हर्षनर बज्राचार्य स्मृति बरिष्ट संगितकार शुभबहादुर सुनामलाई दिइएको छ । तुलसीमाया शिवकुमारी स्मृति सृजनशील नारी पुरस्कार शान्ति प्रियवन्दना प्रदान गरिएको हो । नगद रु.१० हजार नगद सहित बिभिन्न सामाजिक संस्थामा आवद्ध रहेकी प्रियबन्दनालाई पुरस्कृत गरिएको हो ।

 

 

भीम मथुरा बाल प्रतिभा पुरस्कार आगमन कोईरालाई दिईएको छ। यो वर्षको शिला नारी प्रतिभा पुरस्कार छमछमी विजेता सन्ध्या आचार्यलाई नगद १५ हजार राशी सहित दिईएको छ भने चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार ११ हजार १ सय ११ नगद सहित छवि अनित्यलाई दिईएको छ ।

 

 

त्यसैगरी मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कार स्वास्थ्यकर्मी सत्यदेवी जर्घालाई नगद १० हजार सहित पुरस्कृत हँदा अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार प्रविण ग्वाच्छा लाई १० हजार १ सहित सम्मान गरिएको छ । कार्यक्रममा नेपाल संगीत नाट्य प्रतिष्ठानका सदस्य सचिव श्याम तमोटले पुरस्कृतहरुलाई सम्मानपत्र वितरण दिएका थिए ।

 

 

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रतिष्ठानका सल्लाहाकार प्रमेन्द्र महर्जन लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष उज्वलशर्मा भण्डारीको अध्यक्षतामा भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here