निजगढ –  निजगढ नगरपालिकामा प्रदेश नम्बर २ सरकारले सुरु गरेको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा विमा बैँक खाता सञ्चालन शिविर मंगलबारबाट संचालन भएको छ । कार्यक्रमको पहिलो दिन हिजो वडा नं ११ स्थित नेरामावि रतनपुरबाट शुरु भएको हो ।

 

वडा नम्बर १०, ११, १२ र १३ का ४ वडालाई लक्षित गरी रतनपुरमा राखिएको शिविरमा ४३ जना छोरीहरुको प्रभु बिकास बैंकमा छोरि शिक्षा बिमा खाता संचालन गरिएको छ । कार्यक्रमको निजगढ नगरप्रमुख शुरेश खनाल र उपप्रमुख लिलादेवि लामिछाने खनालले संयुक्तरुपमा उदघाटन गर्नुभएको थियो । उदघाटन कार्यक्रममा मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियानका बारा जिल्ला संयोजक रामप्रवेश यादव , निजगढ नगर शिक्षा शाखा प्रमुख राजु बानिया , वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र स्थानीय जनप्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

 

कार्यक्रमको संचालन राष्ट्रिय परिचयपत्र तथा पंजिकरण बिभागका एमआईएस अपरेटर अरुण बस्नेतले गर्नुभएको थियो । कार्यक्रम अनर्तगत आज वडा नम्बर १ देखि वडा नं ९ सम्मका लागि वडा नं ६ स्थित गौरिशंकर माविमा शिविर संचालन हुने भएको छ । गत २०७५ माघ १ गतेयता जन्मेका छोरीहरुको बैँक खाता खोल्न शिविरमा जाँदा जन्मदर्ता को प्रतिलिपी साथै लिएर जानुपर्नेछ ।

 

त्यससँगै छोरी र अभिभावक दुबैको पासपोर्ट साइजको ६÷६ प्रती फोटो, आमाबुवा दुबैको नागरिकताको २ प्रति फोटोकपि तथा छोरी शिक्षा बिमा गरिदिने सम्बन्धमा वडा कार्यालयबाट मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलयलाई सिफारिस गरिएको पत्र आवश्यक पर्ने निजगढ नगरपालिका कार्यालयले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here