हुनत नेपालमा सयौं हजार पत्रिकाहरु छन् । पछिल्ला दिनमा पत्रिका वा संचारमाध्यामहरु खुल्नेक्रम पनि जारी छ । यो लोकतन्त्रको सुन्दर नमुना पनि हो । बाराको आजभन्दा १८ बर्ष अगाडिबाट संचालित कृपा दैनिक पत्रिकाले एक महत्वपूर्ण पुरस्कार स्थापना गरेको छ । हुनत यो पहिलो होइन । दुईवटा पुरस्कार बषौं पहिलेदेखि संचालित छ ।

 

 

पुरस्कारको राशी बढाइएको छ । पुरस्कार बितरणका लागि समिति पनि बनाइएको छ । समितिले आफ्नो काम पक्कै गर्नेछ तर पत्रकारिता क्षेत्रमा मोसफलबाट यत्ति धेरै धनराशीको पुरस्कारको ब्यवस्था गरिएको संभवन पहिलो पत्रिका कृपा हुन सक्छ । ६० हजार रुपैयाँको पुरस्कारको ब्यवस्था गर्नु मजाक होइन ।

 

 

 

मोसफलमा पत्रिका चलाउनु आफैमा फलामको ढुंगा चपाए झैं छ फेरि यरी पुरस्कारको घोषणा गरेर कार्यान्वयन गर्नु झनै चुनौतीपूर्ण छ । बाराका केही पत्रकारहरु यो पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । पर्साका समेत भएका छन् । जति सुकै समस्या झेलेर भएपनि पत्रिकाले गरेको यो कार्य सहनीय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here