निजगढ – निजगढमा राष्ट्रिय तेक्वान्दो संघ, नेपालप्रदेश नं. २ को आयोजनामा ‘प्रशिक्षक प्रशिक्षण तथा सिनियर ग्रेडिङ्ग’ तालिम आइतबार सम्पन्न भएको छ । सापन कार्यक्रमका प्रमुख अतिथि एंव निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछानेले नेपालमा खेल क्षेत्र पनि राजनितिकरणबाट मुक्त हुन नसकेको बताउनुभयो । उहाले खेल क्षेत्रलाई राजनीतिबाट मुक्त बनाउन सके मात्रै प्रतिभावान खेलाडीहरुले अवसर पाउने र राष्ट्रको शान माथि उठने पनि बताउनुभयो ।

 

 

 

उपप्रमुख लामिछानेले निजगढ नगरपालिकाले पनि खेल क्षेत्रको वृद्धि विकासकालागि योजनाबद्ध रुपमा काम अघि बढाएको पनि जानकारी दिनुभयो । निजगढमा दु्रतमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल, रेलवे स्टेशन, स्मार्टसिटी लगायतका राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये केही योजना शुरु भएको बताउदै यहा प्रदेशस्तरकै विभिन्न प्रतियोगिताहरु सहज रुपमा आयोजना गर्न सकिने गरि खेलकुद पूर्वाधारहरु तयार पार्न नगरपालिका सचेत रहेको बताउदै प्रदेश स्तरिय प्रशिक्षण तालिम निजगढमा गर्नुहुने आयोजक संस्थालाई प्रसंशा गर्दै धन्यवाद पनि दिनुभयो ।

 

 

 

 

 

कार्यक्रमका विशिष्ठ अतिथि राष्ट्रिय तेक्वान्दो संघ नेपालका उपाध्यक्ष, राष्ट्रिय खेलकूद परिषदका वरिष्ठ प्रशिक्षक, तालिम विभागका पूर्व निर्देशक धु्रवगरुङ्गले तालिमबाट तेक्वान्दो खेलका पुराना प्रशिक्षकहरु र विभिन्न कारणले ओझेलमा परेका प्रशिक्षकहरुलाई हौसला पुग्ने बताउनुभयो ।

 

 

 

कार्यक्रमका विशिष्ठ अतिथिमा संघका अर्का केन्द्रिय उपाध्यक्ष प्रेम भुजेल, नेपाल फोटो पत्रकार महासंघ केन्द्रिय सदस्य एंव नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सदस्य जीतलाल श्रेष्ठ, निजगढ नगरपालिका वडा नम्बर ८ का अध्यक्ष टेक बहादुर लामा, तालिमका प्रमुख प्रशिक्षक राकेश कुमार राई, राष्ट्रिय तेक्वान्दो संघ नेपाल सर्लाहीका अध्यक्ष पूर्णबहादुर रानालगायतले मन्तब्य राख्नुभएको थियो ।

 

 

 

तालिममा सहभागीहरुलाई प्रमुख अतिथि, विशिष्ठ अतिथिहरुले प्रमाण पत्र, प्रदान गर्नुभएको थियो । साथै सहभागीहरुलाई आयोजक संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमका सहभागीहरुलाई राष्ट्रिय तेक्वान्दो संघ, नेपाल प्रदेश नं. २ का महासचिव सञ्जयलाल श्रेष्ठले स्वागत गर्नुभएको थियो । निजगढ कभर्ट हलमा भएको उक्त कार्यक्रमको अध्यक्षता संघका प्रदेश नं. २ अध्यक्ष कुमार मोक्तान र कार्यक्रमको सञ्चालन सन्तोष बानियाले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here