नरेश गुप्ता
बरियारपुर –  महिलालाई पटक पटक फोन मार्फत अपशब्द प्रयोग गरि दुव्र्यवहार गर्ने दुई जना युवकलाई बारा प्रहरीले  पक्राउ  गरेको छ ।  घटना बाराको कलैया उपमहानगरपालिका  १८ स्थित एक महिलालाई एन सेलको विभिन्न  सिम कार्ड प्रयोग गरि  अपशब्द  , दुव्र्यवहार धम्की समेत दिएको उजुरी  जिल्ला  प्रहरी  कार्यलय बारामा परे पछि उनिहरुलाई पक्राउ  गरिएको बाराको प्र प्रवक्ता  गौतम मिश्रले बताउनु भयो ।
पक्राउ  पर्ने युवक देवताल गांउपालिका २ निवासी प्रयाग राय यादवको छोरा  बर्ष २० को अखिलेश यादव , र एक जना भारत बिहार पुर्वी चम्पारण घोडासहन निवासी अवध प्रसस्द यादवको छोरा  बर्ष १८ को ईन्दल यादव रहेको छ । महिला उपर  फोन मार्फत अपशब्द प्रयोग गर्ने दुव्र्यवहार गर्ने निजहरुले प्रयोग गर्ने सिम कार्डलाई समबन्धित निकाए मार्फत पता लगाएपछी उनिहरुलाई पक्राउ  गरिएको छन ।
पक्राउ  परेका दुबै जना माथी अभद्र  ब्यवहार मुदामा जिल्ला  प्रशासन  कार्यलय बारा बाट ७ दिनको म्याद अनुमती लिइ थप अनुसन्धान  भैइरहेको जिल्ला  प्रहरी  कार्यलय बाराले जनाएको छ ।  त्यसैगरी  बाराको सदरमुकाम  कलैया बाट विभिन्न  समयमा  साईकल  चोरी गरिएको आरोपमा  प्रहरीले  एक जनालाई पक्राउ  गरिएको छ । नेपाल बिधुत प्राधिकरण  कलैया अगाडि  राखेको सेवाग्राहीको साईकल  चोरी गरि भाग्ने क्रममा  जिल्ला  पर्सा पोखरिया नगरपालिका ६ निवासी सुरेन्द्र  राउत कंकर लाई प्रहरीले पक्राउ  गरेको छ ।
पक्राउ  परेको कंकरले चोरी गरेको साईकल  भारतमा बिक्री  गरेको बताए पछि उनको घरमा खान तलासी गर्दा थप १ एउटा  साईकल  बरामद भएको थियो । पक्राउ  परेको निजलाई  समानित जिल्ला  अदालत  बारा बाट चोरी मुदामा पांच दिनको म्याद थमाई अनुसन्धान  भैइरहेको बाराको प्रहरी  प्रवक्ता  गौतम  मिश्रले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here