अहिले यो देश संघीय लोकतान्त्रिक गणतन्त्रको मुलुकमा स्थापित छ । यो देशमा राजामहाराजाहरुको शासन प्रर्णाली अन्त्य भएको पनि दशक भन्दा बढी समय भइसकेको छ । यो मुलुक यो अवस्था सम्ममा आउनका लागि सयौंको होइन हजारौंको बलीदानी भएको छ । केही घाइते भएका छन् । नेपालमा मुलतः तीनखालको आन्दोलन भए परिवर्तनका लागि । एक माओवादीले संचालन गरेको सशस्त्र संघर्ष र दुई जनआन्दोलन २०६२ र ०६३ तथा पछिल्लो पटक भएको मधेश आन्दोलन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

मधेश आन्दोलनको कुरा गर्दा आन्दोलनकारीहरुले वीरगन्जमा आइतबार बलिदानी दिवस पनि मनाए तर शहिद तथा घाइतेहरुको ब्यवस्थापन बिनाको बलिदानी दिवसको समग्रमा अर्थ छैन । यो कुरा माओवादीले संचालन गरेको युद्धका क्रममा घाइते भएका,बेपत्ता भएका र हत्या गरिएकाहरुको हकमा पनि लागू हुन्छ । माओवादी पटक पटक सत्तामा पुगेको छ ।यस्तै मधेशवादी दलहरुले सत्ताको राम्रो स्वाद चाखेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

तर,शहिद,बेपत्ता तथा घाइतेहरुको सवालमा कुनै नीति लिएको देखिदैन। हिजो आन्दोलन वा युद्धमा सहभागीहरुको कथा सुन्दा अहिले दर्दनाक छ । शरिरभरी घाउ लिएर हिँड्दैछन् । परिवारका सदस्यहरु भोकभोकै तड्पनु पर्ने अवस्था सृजना भएको छ । छोराछोरी पढाउनका लागि सहारा चाहिएको छ । जसको बलिदानले यो भूमि सिंचियो,जसका बलिदानले यो परिवर्तन संभव भयो आज तिनीहरुका लागि नै बिर्सनु भनेको खोलो त¥यो लौरो बिर्सियो झैं नहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here