कृष्णउदास खनाल
वीरगन्ज – २०५३ सालतिर गढीको शिखरकटेरीका जय बहादुर न्यासुरकये घरमा नयाँ मान्छेहरु आउनेजानेक्रम देखिन्थ्यो । गाउँमा शोषक र सामान्तीहरुको दबदबा थियो । उनी त्यही सामान्तीहरुको हेपाइबाट आजित थिए । अन्ततः उनी सामन्त र शोषकहरुको अन्त्य माओवादीले गर्ने ठानी तत्कालिन बिद्रोही माओवादीमा प्रवेश गरे ।माओवादी बन्न त्यत्तिबेला सजिलो थिएन । उनी गरिब र दुःखीका मुक्तीका लागि भन्दै पार्टीकय प्रवेश गरेका थिए । २०६१ साल चैत २७ गतेको दिन थियो त्यो ।

 

 

 

 

 

 

 

 

 

 

 

माओवादीले लामो आम हड्तालको आह्वान गरेको थियो । आम हड्तालका बीचमा पनि सवारी साधन चल्न थालेपछि माओवादीको केन्द्रीय कमिटिले जय बहादुर न्यासुर अथवा जेबी न्यासुरलाई सवारी साधन ठप्प हुने गरी गतिबिधि गर्न निर्देशन दियो । त्यही दिन बिहानको समय थियो । एक यात्रु बाहक ट्याक्पो हेटौंडाको औधोगिक क्षेत्र नजिकको सडकमा गुड्दै थियो ।

 

 

 

 

 

 

 

 

 

 

न्यासुर सहितको पाँचजनाको टोली थियो,त्यहाँ। उनी कमाण्डर थिए । उनले बम ट्म्पो माथि प्रहार गर्न आदेश दिए । तर उनका साथीले बम ट्याम्पोमा नभइ सडकमा फाले अनि न्यासुर आफैले भूंइमा खसेको बम पुनः गुड्दै गरेको ट्याम्पुमा प्रहार गर्न खोजे अनि उनीको दुर्गतीको दिन शुरु भयो । उनको हातैमा पड्कियो बम । उनी सडकमै ढले आफ्ना साथीहरु ज्यान जोगाउन भने । पछि एउटा एम्बुलेन्सले उनलाई हेटौंडा अस्पतला लग्यो ।

 

 

 

 

 

 

 

 

 

 

तर,उपचार हुन दिइएन । तत्कालिन सेना र प्रहरीले उनलाई उपचार गर्न दिएनन् । थप उपचारका लागि भन्दै भरतपुरको पुरानो मेडिकल कलेजमा लगियो जहाँ उनलाई चरम यातना दिइयो । जहाँ बम लागेर उनको घाउ भएको थियो, त्यही सेना र प्रहरीले कुट्ने गर्दथे । पानी माग्दा बोत्तलमा पिसाव फेरेर खान दिन्थे । करिब एक महिनापछि उनकै दुबै हात कुहिना भन्दा माथि काटेर फालियो अनि आँखा पूरै बन्द भयो । उनी अहिले त्यही आफ्नो अपांग शरिर लिएर बांच्न बाध्य छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

चार छोरीको बिचल्ली
न्यासुरको साथमा कान्ति छोरी हरदम रहन्छिन् । उनको सहाराका लागि । चारवटा छोरी छन् न्यासुरका । एउटा छोरीको विवाह भएपनि अरु बांकी छन् । बांच्नु भन्दा मरेको भए ठीक हुने न्यासुरको भनाइ छ । काठमाडौंको सीनामंगलमा सामान्य तरकारी पसल चलाएर उनकी पत्नीले परिवार चलाउने गरेपनि त्यो ठाउँमा नगरपालिकाले तरकारी बिक्री गर्न रोक लगाएपछि उनीहरुको अहिले बिचल्ली भएको छ । जसले युद्ध गर्न सिकाए, उनीहरुले नै बिर्सिए, न्यासुरको पीडा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here