नरेश गुप्ता
बरियारपुर –  पुजनिय पिता ब्रहमा बाबाको ५१ स्मृति दिवसमा स्नेह  मिलन कार्यक्रम  आईतवार सम्पन्न भएको छ । ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बरियारपुरले आयोजना गरेको  स्नेह मिलन कार्यक्रमलाई  एक समारोहको बिच ब्रहमाकुमारी मिना दिदी र नगर प्रमुख उपेन्द्र प्रसाद यादवले दिप प्रज्जवलन गरेर संयुक्त रुपमा  उदघाटन गर्नु भएको छ । 
पुज्य पिता बाबाको ५१ ओ स्मृति  दिवसको अवसरमा  स्नेह मिलन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले  अध्यात्मिक ज्ञानले मानिसको जिवनमा शुख शान्ती पाईने  बताउनु भयो । नैतिकवान र चरित्रवान बन्न मनुष्यले आफू भित्र भएको  सोच परिवर्तन गर्नु पर्ने नगर प्रमुख यादवले बताए । धार्मिक संघ संस्थाहरुलाई यश नगर क्षेत्रमा प्राथमिकताना राखिएको वहाले बताए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल शिक्षक संघ बाराको पुर्व अध्यक्ष  देवेन्द्र गिरिले आफुलाई नै सुधार्नुपर्नेमा जोड दिनु भयो । निस्वार्थ भवनाले  स्वयम् दर्शन  विश्व दर्शन गर्नु पर्ने बताए । ब्रहमाकुमारी राजयोग सेवा केन्द्र बिश्वको १४० वटा देशमा आफ्ना शाखा बिस्तार गरि धर्म प्रती लागेको गिरिले बताए ।
ब्रहमाकुमारी राज योग सेवा केन्द्र बाराको उप संचालिका मिना दिदिको अध्यक्षतामा समपन कार्यक्रममा  नेपाल शिक्षक संघ बाराको अध्यक्ष  प्रमहंश यादव , समाजसेवी भुलेन्द्र यादव , सशस्त्र प्रहरी निरीक्षक  सुदर्शन अर्याल  लगायत स्थानीय  गुरुभाई दिदिहरुको सहभागिता  रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य  दिपमाला बहनको र संचालन  गंगा दिदिको रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here