????????????????????????????????????

निजगढ –  निजगढ नगरपालिका वडा नं. ६ वडा कार्यालयले शुक्रबार वडाका गरिब, विपन्न तथा जेष्ठ नागरिक समेत गरि २० जनालाई न्यानो कपडा वितरण गरेको छ । वडा अध्यक्ष कुशबहादुर थापा र वडा सदस्यहरुले न्यानो कपडा वितरण गर्नुभएको होे ।

 

 

 

 

 

 

 

 

 

वडा कार्यालयले विनियोजन गरेको रकमबाट जाडोका कारण समस्यामा परेका २० जनालाई ब्लाङ्केट सहितको न्यानो कपडा वितरण गरिएको अध्यक्ष थापाले बताउनुभयो । वडा कार्यालयमा भएको सो कार्यक्रममा वडा सदस्य मिथिलादेवी घिमिरे, विष्णु लामा र मिना सुनार तथा वडा सचिव विष्णुलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here