निजगगढ –  निजगढ नगरपालिका वडा नम्बर ३ हुदै पिपलटार जोडने इजिङ वाल सहित को ग्राबेलीङ बाटो को निर्माण कार्य पुरा भएको छ । निजगढ नगरपालिकाकोे चालु आर्थिक बर्ष ७६/ ७७ को ९ लाख रुपैयाको बजेटबाट इजीङ वाल सहितको बाटो बिस्तार गरिएको पिपलटार टोल बिकास संस्थाका अध्यक्ष भिमबहादुर लोप्चनले बताउनुभयो ।

 

 

 

 

 

 

 

 

उक्त इजीङ वाल सहितको बाटो निर्माणकार्य पिपलटार टोल बिकास संस्थाले केहि दिन पहिले सुरु गरेको थियो । निर्माण सम्पन्न भएको उक्त बाटोको लम्बाई १४४ मिटर ,चौडाई ८ मिटर र मोटाइ ५५ सेन्टी मिटर तथा वाल १५० सेन्टी मिटर अग्लो रहेको अध्यक्ष लोप्चनले बताउनुभयो । बाटो निर्माण पछी वडा नम्बर ३ पिपलटार मा रहेका ७० घरपरिवार बढि लाभान्वित बनेको स्थानीय बसन्त लामाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here